• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भूकम्पका कारण घरभत्कीएपछि चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्न थाले

"भूकम्पका कारण घरभत्कीएपछि चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्न थाले "

  •    अभियान हाम्रो/ सोमबार, मङि्सर ०४, २०८०  

  • भूकम्पका कारण घरभत्कीएपछि त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित परिवार चिसोका कारण बिरमी पर्न थालेका हुन् । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्र बिन्दु भएर असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भूकम्प पीडित परिवारका बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्न थालेका छन ।

    खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी ६२ वर्षीया साउने सार्की झण्डै दुई महिनादेखि त्रिपालमूनि चिसोमा बस्न बाध्य भएपछि चिसोका कारण बिरामी पर्नुभएको छ । चिसोका कारण टाउँको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने लगायत स्वास्थ्य समस्याले पीडित भएको उहाँले दुखेसो पोख्नु भयो । भूकम्पका कारण साउने सार्कीको घरमा पूर्ण क्षति भएदेखि उहाँको १३ जनाको परिवार हाल पालमूनि र बाख्राको गोठमा बस्न बाध्य भएका छन् ।

    पटकपटक भूकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांस भूकम्प पीडितहरुको बास खुला आकाशमा रहेको छ । भूकम्पका कारण घरबारबिहिन भएका भूकम्प पीडितहरुले अहिलेसम्म सामान्य पाल बाहेक अन्य राहतका समाग्री नपाएको गुनासो गर्नु भएको छ ।

    सुत्केरी भएको १९ दिन मात्रै भएको र त्रिपालमूनि बस्दा चिसोको कारण आफू र बच्चा बिरामी परेको दायाँ सार्कीले गुनासो गर्नु भयो । ज्वोरो र रुघाखोकीले शरीर कमजोर भएका कारण जन्मीएको बच्चालाई दुःध समेत खुवाउन नसकिएको उहाँले दुखेसो पोख्नु भयो । भूकम्प पीडित बसन्तीदेबी सुनारले नाबालक शिशु सहित सम्पूर्ण परिवार पालमूनि बस्नु पर्ने भएकोले बच्चाहरु बिरामी हुन थालेको बताउनु भयो ।

    खप्तड छेडेदह गाउँपालिका–५ की मनकला सार्कीले भन्नु भयो– “मैले अहिलेसम्म राहत पाएको छैन् । घर भत्किएर तहसनहस भएपछि खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म त्रिपाल लगायतका समाग्री पाउन सकिएको छैन् ।”सबै निकायलाई समस्या बताउँदा पनि अहिलेसम्म सहयोग नपाएको उहाँले बताउनु भयो ।

    भूकम्पका कारण सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर पूूर्ण रुपमा क्षति भएको भए पनि सबैलाई त्रिपालको व्यवस्थापन मिलाउनै समस्या भएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनु भयो । संघसस्थाहरुले केही मात्रामा त्रिपालहरु वितरण गरेको भए पनि यहाँका नागरिकको आवश्यकता अनुसार त्रिपाल र राहत दिन नसकेको उहाँको भनाइ छ । घर भत्तकीएका नागरिकहरुलाई सामान्य पालहरु दिएको भए पनि घरहरु चर्किएका नागरिकहरु समेत खुला ठाउँमा बस्दै आएकाले उहाँहरुलाई राहत दिन नसकेको अध्यक्ष रावतले बताउनु भयो ।

    भूकम्पका कारण गाउँपालिकामा धेरै घर भत्किएका छन् भने नभत्किएका घरमा पनि चिरा परेकोले बस्न लायक अवस्थामा छैनन् । भुकम्प पीडितहरु त्रिपालमूनि रातकाटिरहेका कारण चिसोले गर्दा गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकहरुमा सबै भन्दा बढी स्वस्थ्य समस्याहरु देखापरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    पटकपटक आइरहने भूकम्पको पराकम्पले जिल्लाका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय, बाजुराको तथ्याङ्कमा उल्लेख छ । असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला पराकम्प जाने क्रम जारी छ । भुकम्पले जिल्लामा १ हजार ३ सय ८३ घर पूर्ण रुपमा क्षति भएका छन् भने आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिमपूर्ण गरी ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय, बाजुराको तथ्याङ्क छ ।

    खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घरमा पूर्ण क्षति भएको, बडिमालिका नगरपालिकामा १ सय १४, त्रिवेणी नगरपालिकामा १ सय १०, बुढिगंगा नगरपालिकामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्ण क्षति भएको छ । गौमुल गाउँपालिका २५ र हिमाली गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय, बाजुराले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.