१६ बर्सको उमेरमा मैले पहिलो बिवाहा गरेकी थिएँ। २० बर्ष पूरा हुँदै गर्दा म विधवा भएँ। नेपाल प्रहरीमा कार्यारत ओम जिलाई देशको द्वन्द्वले लग्यो । यसरी प्रेम वियोगमा मैले २५ बर्ष गुजारेँ । यो दौरानमा आर्थिक ,सामाजिक ,राजनितिक उतारचढावहरू मेरो जीवनमा आए । व्यवस्था परिवर्तनको नाममा मच्चिएको उत्पातले म जस्ता कैयौं दिदीबहिनीहरूले वियोगमा जिन्दगी जिउनु परेको सत्यताहरू हाम्रो आँखा अगाडी छन् ।
सन्तानको लागि मैले जानी नजानी ,सकि नसकी आफ्नो कर्तव्य पूरा गर्न लागि परेँ र उचित शिक्षा दिएर कुटुम्बको जिम्मा लगाएँ। त्यसपछि म विल्कुल एक्लो भएँ अबको यो उमेरमा झन् कसैको साथको आवस्यकता खड्किन थाल्यो ।
मनले साथीको आवस्यकता महसुस गरेकै बेला परिवारिक थ्रो बाट ज्ञवाली जिको कुरा मसम्म आयो । मैले जवाफ दिन सकिन र निर्णय गर्ने पूरा अधिकार छोरी ज्वाइँलाई दिएँ । मेरो पहिलो घर ,माइती ,मावली र इष्टमित्र समक्ष यो कुरा राखेर सबैको सर्वसहमतिमा र उपस्थितिमा बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहनु भएका तीन छोरीका पिता ज्ञवालीजिलाई अबको बाँकी जिन्दगी सुम्पने निर्णय गरेँ । अब हामी चार वटी छोरीको माता पिता भएका छौं ।हिजो पनि म मेरो कर्तव्यबाट विमुख भइन अब भोलीपनि कर्तव्यवोध गर्नेनैछु । अब हाम्रो चाहना हामी दुबैले गुमाएका हाम्रा आफ्ना मान्छे( ओमजि र कृष्णा दिदी) को स्मरण गर्दै चार सन्तानको कुशल माता पिता बनेर हाँसी खुशी बाँकीको जिन्दगी बिताउनु हो।
समाज परिवर्तनको नारा फुकेर मात्र समाज परिवर्तन हुँदैन सुरुवात हामी आफैले गर्ने हो ।
अम्बिका पोखरेल को फेसबुक वाल बाट साभार








