• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दैनिक १८ घण्टासम्म लोडसेडिङ अन्त्यको सुरुवात मावोबादीको सरकारको पालामा अर्थात आज लक्ष्मीपूजा

"दैनिक १८ घण्टासम्म लोडसेडिङ मावोबादीकोसरकारको पालामा नेपालमा अन्त्यको सुरुवात अर्थात आज लक्ष्मीपूजा "

  •    अभियान हाम्रो डट कम / आइतबार, कार्तिक २६, २०८०  

  •  २०७३को लक्ष्मीपूजा लोडसेडिङ अन्त्यको सुरुवाती दिन थियो । अर्थात नेपालको ऊर्जा क्षेत्रमा एउटा ऐतिहासिक दिन थियो जसलाई हरेक नेपालीले सम्झिरहेका छन् ।

          तत्कालीन प्रधानमन्त्री पुष्पकमलतत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणमा ११ तहमा कार्यरत कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यतिबेला वर्षायाममा समेत दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोर्न परिरहेको थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।

    कार्यकारी निर्देशक नियुक्त भएपछि लोडसेडिङ अन्त्यलाई प्रमुख जिम्मेवारी लिएर काम गरेका घिसिङले लक्ष्मीपूजाको दिन आफैं स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रमा आफैं खटिएका थिए । तत्कालीन राजनीतिक नेतृत्वको दह्रो साथ पाएका निर्देशकले घिसिङले परीक्षणको रुपमा त्यही दिनबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेका थिए ।

    प्राधिकरणले गाह्रस्थ्यतर्फको लोडसेडिङ अन्त्य गरेपछि औद्यौगिक क्षेत्रमा समानरुपमा विद्युत आपूर्ति गरेको थियो । २०७५को वैशाखपछि औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । यसले लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणलाई मात्र होइन उद्योगहरुलाई पनि राहत मिलेको छ भने उत्पादन क्षमतामा समेत वृद्धि भएको छ । सहजरुपमा ऊर्जा आपूर्ति हुनासाथ मुलुकको अर्थतन्त्रले नै फड्को मारेको छ ।

    बिगतमा लोडसेडिङको तालिका बनाउने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरु अहिले विदेशमा बिजुली निर्यातको तालिका बनाउन थालेका छन् । लोडसेडिङ हट्यो भनेर रमाउने भन्दा थप बिजुली निर्यातलाई बढाउने चुनौती अब प्राधिकरणसामु छ ।

    ‘लोडसेडिङ अन्त्यमा मात्रै चित्त बुझाउने र यसमै रमायौं भने आगामी दिन झन् अध्यारोतर्फ धकेलिन सक्छ भनेर सचेत रुपमा विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका कामहरुलाई अगाडि बढायौं, जसले गर्दा अहिले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारतर्फ निर्यात गर्न सफल भएका छौं,’ घिसिङ थप्छन्, ‘विगतमा घरमा एउटा बल्ब राख्न पनि विद्युत् नपाउने उपभोक्ताहरुले अहिले घरमा पङ्खा तथा एयर कन्डिसनर राख्न सक्ने अवस्थामा पुगेका छन् ।

    विद्युतीय चुलोमा खाना पकाउन र विद्युतीय गाडीमा यात्रा गर्ने अवस्था बनेको छ । पर्याप्त विद्युत पाउँदा उद्योगहरुको उत्पादन क्षमता बढेको छ, जसले देशको अर्थतन्त्रलाई चलायमान मात्र बनाएको छैन औद्योगिक वातावरणसमेत निर्माण गरेको छ ।’

    घिसिङको कामको मूल्याङ्कन गरेर नै तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको सिफारिसका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, घिसिङको दोस्रो कार्यकालमा छिनछिनमा बत्ती गइरहेकाले उपभोक्ताहरुले पुनः लोडसेडिङ फर्किने हो कि भन्ने चिन्ता व्यक्त मात्र गरिरहेका छैनन् आलोचना पनि गरिरहेका छन् । तर, उनी ढुक्कसँग भन्छन् ‘अब लोडसेडिङ इतिहास बनिसकेको छ, विगतमा विद्युत् खपत घटाउने आहृवान हुने गरेकोमा खपत बढाउने अभियान चलाउने अवस्थामा पुगेका छौं, समय-समयमा वत्ती जाने उपभोक्ताको गुनासोप्रति प्राधिकरण सचेत र संवेदनशील छ । यो लोडसेडिङ नभई प्राविधिक विषय मात्र हो ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.