• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

योद्धादेखि अर्थमन्त्रीसम्म


  •    संवाददाता/ आइतबार, साउन १०, २०७८  

  • २०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०४८ सालमा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाई अध्यक्ष र २०४९ मा जिल्ला सदस्य बने । २०५१ सालमा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णयले उनलाई असाध्यै खुसी बनायो ।

    उनी २०५३ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता बने । त्यसपछि तत्कालीन नेकपा (माओवादी) इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य बने । कास्कीमा पार्टीलाई सक्रिय बनाउनुमा उनको महत्वपूर्ण योगदान छ । उनले माओवादी आन्दोलन उचाइमा पु(याउन आफ्नोतर्फबाट कुनै कसर बाँकी राखेनन् । २०५७ सालमा पर्वत सेक्रेटरी हुँदै २ वर्षपछि सेक्रेटरीसहित इन्चार्ज जिम्मेवारी लिएर गृहजिल्ला फर्किए । तत्कालीन एकीकृत माओवादीमा पोलिटब्यूरो सदस्यसमेत बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा उमेदवार थिए । २०७४ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की ३ (क) बाट निर्वाचित हुन सके । बराल हाल माओवादी केन्द्र संसदीय दल उपनेता र सार्वजनिक लेखा समिति सदस्यको जिम्मेवारीमा छन् ।

    कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । त्यसमध्ये कांग्रेस ५, माओवादी ४, जसपा र स्वतन्त्रले १/१ मन्त्रालय लिएका छन् ।

    पुम्दीभुम्दीमा २०२३ साउन २३ मा जन्मिएका उनी प्रवेशिका परीक्षा उत्तीर्णसँगै राजनीतिमा सक्रिय भए । २०४२ सालमा तत्कालीन मोटो मसालको विद्यार्थी संगठनमा आवद्ध भई स्थानीय शुक्रराज मावि इकाई कमिटी अध्यक्ष हुँदै कम्युनिस्ट राजनीतिमा सक्रिय हुँदै आएका उनी प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए ।

    सबैखाले विभेदविरुद्ध खरो विरोध गर्ने स्वभावका उनी शहीद, उनका परिवार र वेपत्ताको विषयमा सधैं चिन्ता लिन्छन् । स्थानीय महेश्वरी प्राविबाट अध्ययन प्रारम्भ गरेका बरालले २०४३ सालमा शुक्रराज माविबाट प्रवेशिका उत्तीर्ण गरेका थिए । उनी भन्छन्, ‘आज मेरो यो यात्रासम्म आउनुमा पार्टीको देन हो । पार्टी भनेरै म घरपरिवारसमेत छाडेर परिवर्तनका लागि जनयुद्धमा होमिएको थिएँ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.