पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक मौलिक देउसी भैलो महोत्सवको आयोजना गर्ने भएको छ । तिहारको समयमा खेलिने देउसीभैलोको मौलिकपन बचाउदै भाबी पुस्तामा संस्कृती हस्तान्त्रण गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गर्न लागिएकोे कार्यक्रम संयोजनक पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले जानाकारी दिनुभयो । आगामी कात्तिक २५ गते पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटनमा हुन लागेको महोत्सवमा कम्तीमा १० टिमको सहभागिता रहने छ ।
सहभागी टोलीको दर्ता शूल्क स्वरुप पाँच सय रुपैया लाग्ने छ भने सहभागी प्रत्यक टोलीले पााँच हजार रुपैया प्राप्त गर्ने छन् । सहभागी टोलीले बाद्यबादन तथा अन्य सामग्रीको व्यवस्था आफै गर्नुपर्नेछ भने मौलिक सस्कृति सम्प्रदाय विषेश तथा परम्परागत शैलि झल्कनुपर्ने हुन्छ । उक्त महोत्सवमा उत्कृष्ट हुने टोलीलाई मौलिक देउसी भैलो च्याम्पीयन २०८० घोषित गरिनुका सथै रु १५ हजार नगद सहित ट्रफी प्रदान गरिने छ ।
पोखरा महानगरपालीकाको र नेपाल पर्यटन बोर्डको प्रवद्धनमा हसन लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुति रहने पोखरा टेललिभिजनका प्रवन्धक निर्देशक माधव पनेरुले जानाकारी दिनुभयो । आगामी बर्षमा पनि निरन्तरता दिने टेलिभिजनको उद्येश्य रहेकोलले यो संस्करणलाई सफल बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
पछिल्लो समय नेपाली मौलिक संस्कृती परम्परामा बिचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचायन मुख्य भुमिका खेल्ने बरिष्ठ लोक दोहोरी गायक प्रथम मौलिक देउसी भैलो महोत्सव २०८० निर्णायक संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो । त्यती मात्र नभएर लोप हुन लागेको लोक दोहोरी गित, भजन, नौमति बाजा लगायतको प्रतियोगिताको आयोजना गर्दै संरक्षणमा समेत लागि पर्नुभएको उहाँले बताउनुभयो ।








