२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धार्थनगर नपा–१२ का ३० वर्षीय धर्मराज यादवविरूद्ध कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देउजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।








