• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा कार्यालयमा तालाबन्दीः सेवाग्राही मर्कामा


  •    संवाददाता/ शुक्रबार, कार्तिक १७, २०८०  

  • कैलारी गाउँपालिकाक वडा नम्बर ९ को वडा कार्यालयमा कात्तिक १३ गतेदेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राहीहरु मर्कामा परेका छन् । कार्यालयमा लगाइएको तालाबन्दीका कारण कार्यालयबाट प्रदान गरिने सेवाहरु प्रभावित हुँदा सेवाग्राहीहरु समस्यामा परका छन् ।

    कैलारी गाउँपालिका–९ सामरचौडाका देवीलाल चौधरीले वडाकार्यालयमा सम्पत्ति कर बुझाउन जाँदा वडा कार्यालयमा तालाबन्दी भएका कारण कर नतिरेर फर्किनु परेको गुनासो गर्नु भयो ।

    कात्तिक १३ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सूचना पाएपछि भत्ता बुझ्न बुवालाई लिएर वडा कार्यालय पुग्दा वडा कार्यालयमा ताला झुण्ड्याइएको देखेर रितैहात फर्किनु परेको नमीफाँटाका नारायण चौधरीले दुखेसो पोख्नु भयो ।

    कोइलही तालको पानी उपभोग गर्न पाउनु पर्ने विषयलाई लिएर वडा नम्बर ६ का उपभोक्ताहरुले नारा जुलुस गर्दै वडा कार्यालय घेराउ गरी तालाबन्दी गरेका कारण स्थानीय सेवाग्राहीहरुलाई समस्या भएको वडा सचिव ठागुराम चौधरीले बताउनु भयो ।

    वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा ठप्प हुँदा चाडपर्वको समयमा ३ सय ७२ जना ज्येष्ठ नागरिक तथा लक्षित समुदायका व्यक्तिहरुलाई समाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसकिएको वडासचिव चौधरीले बताउनु भयो ।

    कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीले समस्या समाधानका लागि वडा नम्बर ९ मा रहेको कोइलही तालको ठेक्का रकम र तालको पानी उपभोग गर्ने सम्बन्धमा वडा नम्बर ९ र ६ का उपभोक्ताहरुसँग छलफल भइरहेकोले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.