२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का ४५ वर्षीय सुविन्द्र उभरकोटीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुुसन्धानका लागि फिदिम बजारक्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवश कुँवरले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १४ गते गरिएको छ ।








