• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सरकारसँग बालबालिकाका गुनासै गुनासा


  •    अभियान हाम्रो/ बुधबार, कार्तिक १५, २०८०  

  • सरकारसँग बालबालिकाका गुनासै गुनासा छन । बालबालिकाले कक्षाकोठा अभावदेखि समयमा पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । शिक्षा पत्रकार समूहले गरेको एक अध्ययनमा १० जिल्लाका ५८ स्थानीय तहबाट ३ सय १२ वटा चिठी मार्फत सम्बोधन गर्दै बालबालिकाले गुनासो गरेका हुन् ।

    शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समन्वय समितिले संकलन गरेका चिठीहरु सुर्खेतबाट ३८, दैलेखबाट ३५, जाजरकोटबाट ३२, सल्यानबाट २८, रुकुमपश्चिमबाट ३५, हुम्लाबाट २६, जुम्लाबाट २८, मुगुबाट ३२, डोल्पाबाट २४ र कालिकोटबाट ३४ जना बालबालिकाले मुख्यमन्त्री राजकुमार शर्मालाई सम्बोधन गरेर आफ्नो विद्यालयका समस्या र आफूले भोगेका कुराहरु समेटेर चिठी पठाएका छन् । ती सबै चिठीहरुलाई विश्लेषण गरेर ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी’ नामक पुस्तक प्रकाशित गरिएको शिक्षा पत्रकार समूह समन्वय समिति कर्णाली प्रदेशका संयोजक कलेन्द्र सेजुवालले बताउनुभयो ।

    जसमध्ये १सय ७८ बालक र १सय ३४ जना बालिका रहेका छन् । संयोजक सेजुवालका अनुसार कक्षागत तहको आधारमा वर्गीकरण गर्दा सबैभन्दा बढी कक्षा ९–१० मा अध्ययनरत १ सय ७८ जना रहेका छन् । सबैभन्दा कम कक्षा १–५ मा अध्ययनरत ३१ जना बालबालिकाले चिठी पठाएका छन् । त्यसैगरी कक्षा ६–८ मा अध्ययनरत ७० जना र कक्षा ११–१२ मा अध्ययनरत ३३ जनाले मुख्यमन्त्रीलाई चिठी पठाएका छन् । चिठी पठाउनेमध्ये १८ जना विभिन्न खाले अपाङ्गता भएका बालबालिका रहेका छन् ।

    मुख्यमन्त्रीलाई चिठी लेख्नेमध्ये अधिकांश बालवालिकाले आफू अध्ययनरत विद्यालयको भौतिक संरचना उपयुक्त नभएको गुनासो गरेका छन् । भवन जीर्ण भएको, चौरमा बसेर पढ्नुपर्ने बाध्यता रहेको, खेल मैदान नभएको, खानेपानी र शौचालयको प्रबन्ध नभएको लगायत समस्याहरू उनीहरूले चिठीमा समेटेका छन् । कुल ३१२ मध्ये २७४ चिठीमा यो समस्या छुटेको छैन । कालिकोटको देव माध्यमिक विद्यालय, महाबैमा कक्षा ८ मा अध्ययनरत एक बालिकाले मुख्यमन्त्रीलाई भौतिक संरचनासँग सम्बन्धित १० वटा समस्या लेखेर पठाएकी छन् । उक्त चिठीभित्र समग्र कर्णालीका बालबालिकाले भोग्नुपरेको भौतिक संरचनासँग सम्बन्धित समस्या समेटिएका छन् । केही बालबालिकाले विद्यालय संरचना निर्माणको क्रममा मिलेमतोमा उपभोक्ता समिति गठन गरी गुणस्तरहीन काम गरिएको पनि चिठीमा उल्लेख गरेका छन् ।

    ‘बालबालिकाले उजागर गरेका समस्याहरुले कर्णालीको शिक्षाको स्तर कमजोर हुनुको कारण किटान गरेका छन्,’संयोजक सेजुवालले भन्नुभयो, ‘सरकारले १० ओटै जिल्लाहरुका बालबालिकाहरूले पठाएका प्रतिनिधिमूलक चिठीलाई अध्ययन गरी उनीहरूका समस्या र समस्याको समाधानको लागि आवश्यक नीति तथा योजना बनाइ शिक्षामा २० प्रतिशत बजेट विनियोजन गरी कार्यान्वयन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’ शिक्षा पत्रकार समूह समन्वय समितिले कर्णालीका बालबालिका र प्रदेश सरकारलाई जोड्ने पुलको काम गरेको उनको भनाइ छ ।

    छात्राहरूले विद्यालयमा छात्रामैत्री शौचालय नभएको, सेनिटरी प्याडको व्यवस्था नभएको, छाउपडी प्रथाको कारण बालिका र महिलाले भोग्नु परेका समस्या, हिमाली तथा पहाडी जिल्लामा शिक्षक अभाव र समयमै पाठ्यपुस्तक नपुग्ने समस्या, दरबन्दीअनुसार शिक्षक नभएको, विषयगत र तालिमप्राप्त शिक्षक नरहेको जस्ता समस्या मुख्यमन्त्रीलाई चिठीमार्फत जानकारी गराएका छन् ।

    बालबालिकाले विषेषगरी ७ किसिमका समस्या मुख्यमन्त्रीलाई चिठीमार्फत जानकारी गराएका छन् । विद्यालय भवन, कक्षाकोठा, खेल मैदान, शौचालय राम्रो नभएको, बाल तथा अपाङ्गतामैत्री वातावरण नभएको उल्लेख गरेका छन् । विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेको, पढाइको, कोर्ष पूरा हुन नसकेको, विषयगत शिक्षकहरू नभएकाजस्ता समस्या पनि राखिएका छन् । विशेषगरी साविक कर्णाली अञ्चलका जिल्लामा पाठ्यपुस्तक नपुगेको, कोर्ष पूरा नभएरै परीक्षा दिनुपरेको जस्ता समस्या देखिएका छन् । उक्त क्षेत्रका कतिपय बालबालिकाले विद्यालयको दुरी टाढा रहेको पनि बताएका छन् ।

    यसका साथै बालबालिकाले मुख्यमन्त्रीलाई प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरूले कर्णालीको समृद्धिको संभावनाको क्षेत्र औंल्याउँदै मुख्यमन्त्रीलाई सुझाव दिएका छन् । ८८ ओटा चिठीमा दरबन्दीअनुसार शिक्षक नभएको, विषयगत र तालिमप्राप्त शिक्षक नरहेकोजस्ता समस्या लेखिएका छन् । हुम्लाको मानसरोवर नमूना माविमा कक्षा ९ मा अध्ययनरत एक बालकले भनेको बेला पाठ्यपुस्तक नपाउँदा अध्ययनमा समस्या भएको बताएका छन् ।

    हाल कर्णालीमा २,९३१ विद्यालय रहेका छन्, जहाँ १७,३८४ शिक्षकको दरबन्दी आवश्यक पर्दछ । तर हाल ५,५४९ शिक्षक दरबन्दी अपुग रहेको छ । जसको प्रभाव बालबालिकाको पत्र पनि हो जहाँ २८.२ प्रतिशत विद्यार्थीले शिक्षक अभावको समस्या देखाएका छन् ।

    मुख्यमन्त्रीलाई चिठी पठाउनेमध्ये १३४ जना छात्रा र १८ जना अपाङ्गता भएका बालबालिका रहेका छन् । उनीहरूमध्ये प्रायः सबैले आफूले भोग्दै आएको समस्या मुख्यमन्त्रीलाई सुनाएका छन् । चिठी पठाउने १८ जना बालबालिकाका साथै अन्य २० जना बालबालिकाले अपाङ्गमैत्री भौतिक संरचना नभएको गुनासो गरेका छन् ।

    बालबालिकाले दिवाखाजा नपाएको मात्र होइन, न्यून मात्रामा दिइने खाजा गुणस्तरहीन भएकोसमेत चिठीमा उल्लेख गरेका छन् । मुख्यमन्त्रीलाई चिठी पठाउनेमध्ये २८ जना बालबालिकाले दिवाखाजाको रकम हिनामिना गरिएको उल्लेख गरेका छन् । त्यसैगरी छात्रवृत्ति रकम नपाएको गुनासो पनि बालबालिकाले गरेका छन् । थुप्रै अभाव र कठिनाइका बीच बालवालिकाले सूचना प्रविधिमैत्री शिक्षामा उल्लेखनीय रूपमा चासो दिएका छन् । समयमै पाठ्यपुस्तक नपुगिरहेको बेला पनि बालबालिकाले सूचना प्रविधियुक्त शिक्षामा जोड दिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । चिठी पठाउनेमध्ये २८ जनाले मुख्यमन्त्रीलाई विद्यालयमा दूतगतिको इन्टरनेट विस्तार गर्न माग गरेका छन् । त्यसैगरी कम्प्युटर ल्याव बनाउन समेत माग गरेका छन् ।

    बालबालिकाले यी बाहेक बालअधिकार र शिक्षाको अधिकारसँग सम्बन्धित अन्य सरोकार पनि चिठीमात्र मुख्यमन्त्रीलाई सुनाएका छन् । बालविवाह, छाउपडी प्रथा, महिलामाथि हुने हिंसाजस्ता सामाजिक विसंगतिको विषयमा बालबालिकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यी सरोकारमा विशेषतः बालिकाहरूको बढी चासो देखिएको छ । उनीहरूले कर्णालीको समृद्धिको लागि संभावना औंल्याउँदै सुझाव पनि दिएका छन् ।

    मुख्यमन्त्री राजकुमार शर्माले ठूलो भूगोल, भौगोलिक विकटता र न्यून बजेटका कारण कर्णालीको शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेको बताउनुभयो ।
    आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरूलाई परिवर्तन गर्नेगरी शिक्षा सुधारमा प्रदेश सरकार अग्रसर भइरहेको जनाउनुभयो । ‘शिक्षा सुधार गर्न बाल शिक्षालाई सुधार गर्नुपर्ने देखिन्छ । शिक्षाको आधार बालशिक्षा हो । जग बलियो भएमात्र घर बलियो हुन्छ,’ उहाँले भन्नुभयो’, ‘बालबालिकाले यस चिठीमा उल्लेख गरेका मुद्दा जायज छन् । त्यसको समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण भएको छ ।’

    उहाँले स्थानीय तहलाई शिक्षाको जिम्मेवारी रहेको भएपनि तीनै तहका सरकारले आधारभूत र बाल शिक्षा सुधार गर्न आपसी सहकार्य गरेर मात्र शैक्षिक नतिजा सुधार गर्न सकिने बताउनुभयो ।

    कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार र ४ सय १२ मध्ये ४० प्रतिशत बालबालिका छन् । ०७८ सालको जनगणना अनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । जस अनुसार तीन लाख ४५ हजार ४ सय २९ जना बालक छन् भने तीन लाख ३१ हजार ५ सय ५६ जना बालिका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.