सुनको मूल्य आज पनि तोलामा ५०० ले घटेको छ । सोमबार तोलामा पाँच सय रुपैयाँ घटेर एक लाख सोह्र हजार पांच सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख सोह्र हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो र चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।








