१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुनिबेसी नगरपालिका-७ का ३७ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते राती धुनीबेसी नगरपालिका-७ मा बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते धादिङ अस्पतालमा भयो । आरोपितलाई कात्तिक १२ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले इन्सेकलाई जानकारी दिनुभयो ।








