धुनिबेशी नगरपालिका वडा नं ७ भँगेरीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
भँगेरीको नवराज उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाख मूल्य बराबरको धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । इलाका प्रहरी कार्यालय खानिखोला बाट प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाहको कमान्डमा खटेर गएको १५ जनाको टोली र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

आगलागी बाट घर पुरण रुपमा नष्ट भएको र घरभित्र रहेको काठको दराज १ थान, काठको खाट २ थान, सोफा सेट १ थान, ग्यास चुलो १ थान, ग्यास सिलिन्डर २ थान, सुन ३ तोला, लत्ता कपडा सबै गरी १२ लाख मूल्य बराबरको धनजनको क्षति भएको जनाएको छ । आगलागीबाट मानवीय र चौपाया क्षति भने भएको छैन ।








