नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो।
मन्त्रिपरिषद् बैठकमा मन्त्रालयका नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए। संघीय निजामति ऐनलगायत केही विधेयक बिहीवारको मन्त्रिपरिषद्को कार्यसूचीमा छन्।








