• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भरतपुरको शैक्षिक क्रान्ति निरन्तर अगाडि बढेको छ: प्रमुख दाहाल


  •    संवाददाता/ सोमबार, असोज २९, २०८०  

  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छन्। भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्जवल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उनले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुँदै गएको उल्लेख गरिन्।

    प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताइन्। भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धि लगायत विभिन्न समस्यालाई हल गरिएको स्मरण गरिन्।

    ‘अहिले भरतपुरको विद्यार्थीको संख्या ८ हजार पुगेको छ,’ उनले भनिन्, ‘१ सय जना विद्यार्थी भएको विद्यालयमा ४ सय पुगेको छ। नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ।’ प्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्र सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाइट, ठुला ठुला खानेपानी आयोजनाहरू यही अनुपातमा निर्माण भएको बताइन्।

    भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाइलाई अभियानका रुपमा अगाडि बढाइएको उनको भनाई छ। भरतपुर महानगरपालिकामा केही पनि शिक्षाबाट वञ्चित विद्यालय, मस्तिष्क पक्षघात भएकाहरूलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताइन्। आइतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताइन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.