• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सडक नहुँदा बोकेरै स्वास्थ्य संस्था पुर्‍याउनु पर्ने बाध्यता


  •    संवाददाता/ सोमबार, असोज २९, २०८०  

  • राष्ट्रिय सडक सञ्जामा नजोडिएको हुम्लाका विभिन्न गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था बाध्यता रहेको छ ।

    जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था विद्यमान रहेको छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी हुँदा दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको गुनासो गर्नुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको बताउनुभयो ।

    त्यस्तै गरी, चंखेली गाउँपालिका–५ को नेक्पा गाउँका भईबहादुर तामाङले रुखबाट लडेर घाइते भएका बिरामीलाई चार जना युवाले मिलेर आठ घण्टा बोकेर हिँड्दै गाउँपालिका केन्द्र पिप्लाङमा रहेको स्वास्थ्य चौकीमा लैजानु परेको बताउनुभयो । सो गाउँका लागि जोड्न सडक निर्माण कार्य भइरहेको  भए पनि सडक निर्माण कार्य पूरा नहुँदा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता रहेको बताउनुभयो ।

    उहाँले बिरामीलाई उपचार गर्नका लागि कि त धामी झाँक्रीकोमा लैजानु पर्ने कि त जडीबुटीको औषधिमा गर्नु पर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ । यी दुईवटा उपायाहरु नगरे नागरिकले आफै बोकेर स्वास्थ्य संस्थामा लैजानै पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । गत वैशाखदेखि चंखेली गाउँपालिकाको नेप्का गाउँबाट सात जना बिरामी बोकेर गाउँपालिका केन्द्रसम्म लगेको तामाङले गुनासो गर्नुभयो । त्यसै गरी ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका जगवीर बुढाले आमा बिरामी हुँदा एक दिन पैदल बोकेर गाउँपालिका केन्द्र छप्रेलामा रहेको मैला स्वास्थ्य चौकीमा उपचार गर्न लगेको बताउनुभयो ।

    मासपुर गाउँका लागि हालसम्म सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जिल्लाका सात वटा गाउँपालिकाका एक सयभन्दा बढी गाउँमा मानिस बिरामी पर्दा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता छ । राष्ट्रिय सडक सन्जाललमा अहिले सम्म नजोडिएको हुम्लामा बिरामी हुँदा अहिले पनि नागरिकले कहिले स्टेचर त कहिले आफै बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.