उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको बिष्फोटमा ७ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । पुल ए खुमरी शहरमा रहेको मस्जिद भित्र जुमाको मस्जिद पढ्न गएका बेला बिष्फोट भएको थियो । मृतकको संख्या अझै बढी रहेको स्थानीयहरुको भनाइ छ ।








