• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

को हुन् कोशी प्रदेशका नवर्निवाचित मुख्यमन्त्री कार्की ?


  •    संवाददाता/ शनिबार, असोज २७, २०८०  

  • कांग्रेसमा विद्रोह गरेर भए पनि केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन्। आज (शनिवार) बिहान कार्कीलाई कोशी प्रदेश प्रमुख परशुराम खार्पुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर, कार्कीले एमालेका ३९ सांसदसहित कांग्रेस इतर समूहका ८ सांसद जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कांग्रेसको कोइराला परिवार निकट मानिने उनलाई संस्थापन इतर पक्षका नेता शेखर कोइरालाको समर्थन थियो। कोशीमा कोइराला पक्षका अन्य ७ सांसदकै सहयोगमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

    मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले कार्कीलाई समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो। प्रदेशबाट जोर नचलेपछि केन्द्रमा शेखरलाई फकाउने प्रयास भएका थिए।

    शुक्रबार मात्रै विवादबारे समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो।

    उक्त बैठक शेखरले गठबन्धनका सबै प्रस्ताव अस्वीकार गर्दै बहिष्कार गरेका थिए। बैठक शनिबार बिहान पुनः बोलाइएको थियो, तर बैठक बस्न सकेन। राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता नहुने अडान लिएका थिए।

    गठबन्धनविरुद्ध विद्रोह गरेर शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्की कोइराला परिवारको दह्रो साथ र सयोग गरेको वताइन्छ। स्वर्गीय गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको अभिभावकत्वमा कार्कीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गरेका थिए। २०४४ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०५२ मा महेन्द्र मोरङ क्याम्पसको क्याम्पस इकाइ सभापति बनेका थिए। २०५९ मा जिल्ला सभापति हुँदै उनी २०६३ मा केन्द्रीय सदस्य बनेका थिए।

    २०७४ मा पहिलोपटक निर्वाचनमा सहभागी भएका उनी पहिलो प्रदेशसभामा मोरङ ६ (ख)मा एमालेका रमेश पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए। संसदीय दलको प्रमुख सचेतक हुँदै २०७८ मा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए। गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा कार्की नेकपा एमालेका परशुराम बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.