• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन


  •    संवाददाता/ शुक्रबार, असोज २६, २०८०  

  • अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ। हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन्।

    उनले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन्। त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नेछन्।

    गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अविवमा बिताए। हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ।

    हमासको आक्रमणपछि इजराइलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ। साथै इजराइलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ। हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ। विदेशमन्त्री ब्लिङ्केन जोर्डनपछि तुरुन्तै कतार जानेछन्।

    ‘द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौं,’ तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भने, ‘अरब क्षेत्रलाई अधिक शान्तिपूर्ण, अधिक समृद्ध, अधिक सुरक्षित र अधिक एकीकृत बनाउनका लागि हाम्रो सकारात्मक दृष्टिकोणलाई कसरी साकार बनाउन सक्छौँ भन्नेबारेमा पनि हामी छलफल गर्नेछौँ, वास्तवमा यो एउटा विकल्प हो र केही हदसम्म यो विकल्प हमासको कामभन्दा पनि स्पष्ट भएको छ।’

    हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजराइलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो। इस्लामहरूको दुई पवित्र स्थलको संरक्षकसमेत रहेको रूढिवादी साउदी अरेबियाका लागि उक्त कूटनीतिक प्रयास ऐतिहासिक कदम हो।

    इजराइलसँग शान्ति कायम गर्ने पहिलो अरब मुलुक इजिप्टसँग अमेरिकी अधिकारीहरूले गाजाबाट बन्धकहरूलाई बाहिर निकाल्न सुरक्षित कोरिडोरको योजनामा काम गरिरहेका छन्। इजिप्ट गाजाको सीमा पनि हो। गाजा छोड्न वा त्यहाँबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सुरक्षित बाटोको सम्भावनाबारे इजराइलसँग आफूले कुरा गरेको ब्लिङ्केनले बताए।

    हमासको लामो समयदेखिको शत्रु र झण्डै ८८ वर्ष पुग्नुभएका महमुद अब्बासको प्यालेस्टिनी अथोरिटीले पश्चिम किनारमा सानो स्तरको स्वायत्तता पाएको छ। पश्चिम किनारमा रहेको गाजापट्टीमाथि हमासको नियन्त्रणका कारण इजराइलले १७ वर्षदेखि गाजापट्टीमाथि प्रतिबन्ध लगाएको छ।

    राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट्सहरूको नेतृत्वमा रहेको अमेरिकाले प्यालेस्टिनी अथोरिटीलाई ठूलो मात्रामा समर्थन गर्दै आएको छ। प्यालेस्टिनी अथोरिटीलाई इजराइलसँगको दीर्घकालीन शान्तिका लागि उनीहरूले उत्तम विकल्पका रूपमा हेर्दै आएका छन्। तर हिंसा रोक्न अब्बास यथेष्टरूपमा प्रतिबद्ध नभएको भन्दै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी अथोरिटी र अब्बासलाई पन्छाउन खोगेका छन्। उनको उग्र दक्षिणपन्थी सरकारले दुई राज्य समाधानको सम्भावनालाई अस्वीकार गर्दै आएको छ।

    जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि बिहीबार अब्बासले द्वन्द्वका बारेमा सार्वजनिक टिप्पणी गरे। उनले प्यालेस्टिनी जनतामाथिको व्यापक आक्रमणलाई तुरुन्त अन्त्य गर्न आह्वान गर्दै दुवै पक्षबाट भएको नागरिकहरूको हत्या वा उनीहरूमाथि हुने दुर्व्यवहार अस्वीकार्य छ भने। यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले हमासले गरेको हमलाका बारेमा अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै हिंसाको भर्त्सना गर्न र पश्चिम किनारमा स्थिरता कायम राख्न आग्रह गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.