सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसद भवन बानेश्नरमा बस्नेछ। आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।








