• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दसैँले जसलाई छुँदै छुँदैन…


  •    संवाददाता/ बिहिबार, असोज २५, २०८०  

  • नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै छ। बजारमा किनमेल सुरु भइसकेको छ। सहरबाट टाढा जाने टिकट बुकिङ गरेका छन्। यस्तै, परदेशमा भएका नेपाली दसैँकै सिलसिलामा नेपाल भित्रिन थालेका छन्। जे होस् वातावरणमा दसैँ घुलमिल हुँदै गएको छ।

    दसैँ सबैका लागि बराबर हो। तर हुने खानेका लागि भिन्न र हुँदा खानेका लागि खिन्न हुन्छ। बजारमा महँगी बढेको छ। त्यसमाथि दसैँको बहाना बनाएर थप महँगो मूल्यमा सामान कालोबजारी हुन्छ। कति व्यापारीले त मौका छोप्न अखाद्य पदार्थ मिसावट पनि गर्छन्। यसको नियन्त्रण र अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली बजारमा निस्कन्छ। हरेक समयमा यस्तो अनुगमन हुनुपर्नेमा चाडबाड आउँदा मात्रै अनुगमन गरिन्छ।

    घरघरमा बाटोघाटोमा गलैँचा बेच्दै आउनुभएका कैलालीका ५४ वर्षीय केशव पनि बजारमा महँगी भएको कुरा स्विकार्नुहुन्छ। ‘यस्तो महँगी छ। दिनभर काम गरेर राति छाक टार्न मुस्किल छ,’ उहाँ भन्नुहुन्छ, ‘हामी जस्ता गरिब र निम्न वर्ग लागि दसैँ दसैँ होइन। दसैँ त मेरा लागि दशा हो।’

    उहाँका अनुसार दसैँ भनेका बालबच्चका लागि हो। जसलाई कुनै चिन्ता छैन। तर व्यवहारले थिचिएकालाई दसैँ दशा हो। ‘बालबच्चाका लागि त हो दसैँ,’ उहाँ विरह पोख्नुहुन्छ, ‘उनीहरूको खुसीका लागि ऋण गरेर भए पनि एक जोर शरीर ढाक्ने कपडा र दुई चार किलो मासु किन्न जोहो गर्न पाए..?’

    त्यस्तै, दसैँको मुखमा बिदेसिन लागेका बर्दियाका २२ वर्षीय रामेश्वरका अनुसार गरिबलाई दसैँ आउँदैन। ‘राजनीति, भ्रष्टचारी र बेथितिले गर्दा देशमा बस्ने अवस्था पनि छैन। त्यसैले मलेसिया जानका लागि मेडिकल टेस्ट गर्न आएको हुँ,’ उहाँ भन्नुहुन्छ, ‘सकेसम्म दसैँअगाडि नै विदेश पुग्न पाए साहु–महाजनका अगाडि हात थापेर दसैँ मनाउने अवस्थासँग त ठोकिनुपर्दैनथ्यो।’

    रौतहटका १६ वर्षीय चन्दनकुमार माइतीघर मण्डलाअगाडि साइकलमा कापी, किताब, फलाम भन्दै हिँडिरहेको अवस्थामा भेटिनुभयो। एकछिन रोकेर उहाँलाई ‘तपाईंको दसैँ तयारी कस्तो छ ?’ भन्ने प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, ‘कवाडी उठाएर ५ देखि १० हजार कमाउन पनि कठिन भएको छ। पाँच हजार कोठा भाडा तिर्नुपर्छ। त्यसबाट बचेको पाँच हजारले जसोतसो चामल दाल ग्याँस किन्न पुर्याउने गरेको छु।’

    जसोतसो श्रम गरेको पैसाले पेट पाल्न पुग्यो भने आफ्ना लागि त्यही दसैँ हुने उहाँको भनाइ छ।

    डडेल्धुराकी संगीता थापाका लागि दसैँ भने शोकमा परिणत भएको छ। नेपाल आर्मीमा कार्यरत उहाँका श्रीमानको ४ महिना अगाडि विद्युत् दुर्घटनामा परी मृत्यु भयो। श्रीमानको मृत्युपछि उहाँको सहारा र चाडबाड सबै खोसिएको छ।

    ‘मलाई किन हो किन, यो पाला बुढासँग कतै घुम्न जान मन लागको थियो। भएकी एउटी छोरीलाई नयाँ कपडा किनिदिन मन थियो। वैशाखमा बुडालाई यो कुरा भनेकी पनि थिँए,’ उहाँ भक्कानिँदै भन्नुहुन्छ, ‘तर दैव यतिको निर्दयी हुँदो रहेछ। चाड खोसियो केही थिएन, तर श्रीमानले सदाका लागि छोडेर गए।’

    त्यसैगरी, काभ्रेका ६५ वर्षीय अर्जुनका अनुसार बुढेसकालको लाठीभन्दा बलियो सहारा छोरा हो। त्यही छोरा पनि रोजगारीका सिलसिलामा दुबई जानुभएको छ। ‘हामी त बुढाबुढी मात्रै छौँ यहाँ। हामीलाई के चाड के पर्व ?’ उहाँ सुनाउनुहुन्छ, ‘चाडपर्व आँउदा छोरा साथमा नभएपछि मन खिन्न हुँदो रहेछ। यहाँ हुँदा केही गरेन भनेर गाली गरियो। विदेश गएपछि त्यता हुने आतंकका खबरले त्रसित बनाएको छ। काम छोडेर भए पनि फर्की आए हुन्थ्योजस्तो लाग्छ। गएको ऋण बरु जमिन बेचेर तिर्न हुन्थ्यो।’

    अर्जुनका लागि दसैँतिहार या चाडपर्व भनेकै छोरा हुनुहुन्छ। छोरा नआएसम्म कुनै पर्व उहाँको घरमा भित्रिँदैनन्।

    यी त केही प्रतिनिधि पात्र मात्र हुन्। हाम्रो समाज आज पनि हातमुख जोर्न, छाक टार्न मुस्किल हुने परिवारको संख्या थुप्रै छ। उनीहरूका लागि यस्ता खर्चिला चाडपर्वले केही अर्थ राख्दैन।

    त्यसो त सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन नगरेको होइन। तर त्यसको प्रभावकारितमाथि सधैं प्रश्न उठिरहन्छ। कुनै चाडपर्वलाई लक्षित गरेर सीमित सुपथ मूल्य पसल सञ्चालन गर्नुको अर्थ देखिँदैन। यसमा पनि शक्तिकै पहुँच लाग्छ। कम्तीमा न्यून वर्गका लागि सरकारले यस्ता सुपथ मूल्य पसल बाह्रैमास सञ्चालन गर्ने र त्यसमा लक्षित वर्गको पहुँच पुर्याउन सक्ने हो भने केही प्रभावकारी देखिएला नत्र त उस्तै !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.