• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्व मुटुराेग दिवस: कसरी बच्न सकिन्छ हृदयघातबाट?


  •    संवाददाता/ शुक्रबार, असोज १२, २०८०  

  • आज विश्व मुटुरोग दिवस। देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। सन् १९९९ बाट पहिलो पटक मनाउन सुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइन्छ। यो वर्ष ‘युज हार्ट, नो हार्ट’ अर्थात् हरेक मुटुलाई प्रयोग गरौं र मुटुलाई चिनौं भन्ने नारासहित मनाइँदै छ।

    मुटु मानव शरीरकै महत्वपूर्ण अंग हो। मानव जातिलगायत भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको एक अंग हो। यो अंग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित हुन्छ। मुटु मानव तथा अन्य जनावरमा भएको पेसी अंग हो, जसले रक्तनलीमार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ। एक दिनमा स्वस्थ मुटु झन्डै एक लाखपटक धड्किन्छ।

    सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पाउन्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन रगत पम्प गर्ने गर्छ।मुटुमा चारवटा भाग हुन्छन्, जसमा दुईवटा अउरिकल र दुईवटा भेन्ट्रिकल हुन्छन।

    गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भ्रूणको मुटु पनि धड्कन सुरू हुने वैज्ञानिकल मानेका छन्। शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको मुटुलाई एउटा पातलो झिल्लीले घेरेको हुन्छ, जसलाई पेरिकार्डिम भनिन्छ।

    यही मुटुले जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोषिकामा पठाइरहन्छ। मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो। सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका थिए। नसर्ने रोगको कुरा गर्दा हरेक वर्ष करिब दुई करोड मानिसको मृत्यु हृदयाघात अनि हृदयसम्बन्धी रोगका कारण हुन्छ। यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ।

    मुटु दिवसको नारा

    वर्ष २०२३ मा विश्व मुटु दिवसको नारा चाहिँ ‘युज हार्ट, नो हार्ट’ रहेको छ। यसको अर्थ हरेक मुटुलाई प्रयोग गरौं र मुटुलाई चिनौं भन्ने लाग्दछ। हृदय एक मात्र अंग हो जुन हामीले सुन्न र महसुस गर्न सक्छौँ। यो जीवनको पहिलो र अन्तिम संकेत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो।

    हृदय रोगको जोखिम

    व्यस्त जीवनशैली, प्याकेटका खानेकुराको अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामग्रीको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दूरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ।

    दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधिको धेरै सेवन अनि तनाव लिने बानीका कारण हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ। यी कुरामा सुधार गर्न सके अकालमा हृदयघातबाट हुने मृत्युलाई रोक्न सकिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.