म धेरै भास र गहिराइमा पुग्न चाहान्न तर क बिप्लव, क प्रचण्ड, ( गैर कम्युनिस्ट धारामा उभिएकाले मन नलागि नलागी नाम को अगाडि कमरेड लेखिन माफ गर्नुहोला) बाबुराम भट्टराई, क मोहन बैध, क आहुती लगायत तमाम अग्रगामी कम्युनिस्ट बिचारधारा लिएका नेतृत्व बर्ग हरु आज एक कित्तामा उभिन नसक्नु दुर्भाग्य हो।
देसमा पस्चगमनले शिर उठाउनु पनि हो र आम जनता बिभाजित हुनु पनि हो। कुन सहि कुन गलत भन्ने कुरा भट्टिमा खारेपछी निक्लन्छ भन्ने कुरा पनि आज गलत साबित हुदैछ।यहाँ त भट्टिमा खारिएका हरुबाट नै आम जनता माथी धोका भएको छ। यो रनभुल्ल कहिले सम्म ??? यो देस बिग्रनुमा बाहय प्रभाव र आन्तरिक शक्ति ह्रास पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा भुल्नु हुन्न। जब आन्तरिक शक्ति ह्रास हुँदै जान्छ त्यतिबेला नेतृत्व लेफ्ट राइट हुदोरहेछ।
अनेकन सम्झौतामा आफुलाइ सुर्क्षित ल्यान्ड गराउन खोज्नु, आन्तरिक शक्ति ह्रास नै प्रमुख हुन आउँछ। त्यो भन्दा पहिले यो अवस्था कहाबाट शृजना भयो ? खोजी,आत्मसमिक्षा इतिहासमा होला कुनै दिन। हामी त्यतातिर भन्दा पनि आज र भोलिको आवस्यकता तिर हेर्ने हो भने अहिले न्युनतम सहमती,सहकार्य द्वारा हाम्रा एजेन्डागत छलफल मा जुटौ।इतिहास दुई प्रयोग बाट लेखिने गर्छ।
सफल र असफल। के हामिलाइ ती सहिद,घाइते,बेपत्ता र आम जनताले असफल इतिहास लेख्न यो जिम्मेवारी दिएको हो ? होइन भने हामी कहानिर चुकिउ ? अब यो center point के पुर्व जनमुक्ति सेनाले नै खोज्नु पर्ने बेला भएको हो र ? महिले लेख्दै गर्दा महान लिडर क माओ को सम्झना गरे उहाले भन्नू हुन्थियो “आफ्नो सेना नभएको जनतासग आफ्नो भन्ने केही रहन्न,” अरु थपौ “जब सम्म हामिले बिचार सहि लिन्छौ नभएका चिज हरु प्राप्त हुन्छन तर बिचार नै गलत छ भने भएका पनि सबै चिज गुम्छन।” कतै यो गुमाउनुका पछिल्तिर हामी बिचारमा गलत त छैनौ ? हिजो जनताको सेना जनमुक्ति सेनाको विघटन कसैको स्वार्थ केन्द्रित त थिएन ? सबै सबै कुरा म, मेरो, राम्रो, भन्ने अहमता र स्वार्थ केन्द्रित राजनितिले त हामिलाइ कतै हामी सग नै दुरि बढाएको होइन ? होइन भने किन यस्तो भयो ? अहिलेका युवा पुस्ताले यो बिचको दुरि मेटाउने हिम्मत राख्नेकी नराख्ने ?
(लेखकको निजिबिचार एस पी रेग्मी )