• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, कार्तिक २५, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१०३ एन्टिबायोटिकमा प्रतिबन्ध तर स्टक बेचिसक्न ६ महिनाको छुट


  •    संवाददाता/ मङ्गलबार, असोज ०२, २०८०  

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२१ मै प्रयोग गर्न नहुने भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये १४ प्रकारका एन्टिबायोटिक औषधि नेपालमा प्रयोग हुँदै आएको थियो। औषधी व्यवस्था विभागले बल्ल ती सबैमा बन्देज त लगायो तर व्यापारीको हित मनन गर्दै ती औषधिको स्टक बेचिसक्न ६ महिनाको समय दिएको छ। ६ महिनाको समयको यो छुट समय आम मानिसको हित भन्दा पनि व्यापारीहरूको हितमा भएको भनेर जनस्वास्थ्यकर्मीहरूले आलोचना गरेका छन्।

    यो साताको सुरुमा नै एक सूचना प्रकाशित गरेर औषधी व्यवस्था विभागले एक सय तीन प्रकारका प्रति जैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन ।

    विभागले त्यस्ता प्रति जैविक प्रतिरोधको विश्वव्यापी कार्य योजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरूप प्रति जैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्य योजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।

    विभागका अनुसार प्रति जैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सिफारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिइएको हो।

    विभागमा दर्ता भएका र नभएका तथा डब्लुएचओबाट सिफारिस नगरिएका प्रति जैविक औषधीको सम्मिश्रणहरू र सो औषधीको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रति जैविक औषधीको सम्मिश्रणको उत्पादन अनुज्ञा पत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ ।

    विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रति जैविक औषधीको कच्चा पदार्थ तथा प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधीको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ ।

    यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रति जैविक औषधी मौज्दात रहेका अवस्थामा भने छ महिनासम्म विक्री वितरण गर्न दिने सूचनामा उल्लेख छ।

    उक्त सूचनाका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रति जैविक औषधी एवम् सम्मिश्रणको हकमा निर्णय भएको मिति अर्थात् यही भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको जनाइएको छ ।

    प्रतिबन्धित एन्टिबायोटिक

    १. एमोक्सिसिलिन/प्रोक्सा

    २. एम्टिसिसिलिन/क्लोक्सा

    ३. एमोक्सिसिलिन/क्लोक्सा

    ४. एसिटिइस्पिरामेसिन तथा मेट्रोनिडाजोल

    ५. एम्ट्रिसिलन/डाई क्लोक्सा

    ६. बेन्जाएल प्यानिसिसिलिन र स्ट्रेप्सोमाइटिन

    ७. सेफिपाइम र सल्ब्याकटोम

    ८. किमिसेफिपाइम र क्लाबुल्याटिक एसिड

    ९. सेफोप्याराजोन र सल्ब्याकटम

    १०. सेफोट्याक्सिन र सल्ब्याकटम

    ११. सेट्राइअब्सन र सल्ब्याकटम

    १२. सेट्राइअब्सन र ट्याजोब्याक्टोम

    १३. सेफ्रुरअक्सिम र क्लाबुल्यानिक एसिड

    १४. ओफ्फोल्क्सासिन र अर्निलाजोल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    ताजा अपडेट
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    • आर्वा स्थित श्री अमरज्योति आधारभुत विद्यालय, अमलाचौरमा स्वर्ण जयन्तीको अवसर पारेर महायज्ञ गरिने
    • पुष्पलाल र प्रचण्ड : नेपाली कम्युनिष्ट आन्दोलनका युग पुरुष

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.