• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुगलको जेमिनी एआई सफ्टवेयर आउँदै

"च्याटजिपिटीलाई कडा चुनौती "

  •    संवाददाता/ सोमबार, असोज ०१, २०८०  

  • गुगलले आफ्नो नयाँ एआई सफ्टवेयर जेमिनी ल्याउने भएको छ। एआईबाट लाभ लिइरहेका व्यवसालाई लक्षित गरी जेमिनी ल्याउन लागेको कम्पनीले जनाएको छ। यद्यपि कम्पनी अहिले डेभलपर्स (विकासकर्ता) लाई जेमिनीको पहुँच दिएको छ। तर यो पहुँच विकास भइरहेको जेमिनीको ठूलो संस्करणमा भने होइन। अब आउन लागेको ठूलो संस्करणको तुलना जिपिटी–४ सँग हुनेछ।

    गुगलले आफ्नो गुगल क्याउड भर्टेक्स एआई सेवाको माध्यमबाट जेमिनी व्यवसायलाई उपलब्ध गराउने योजना बनाइरहेको छ। यो परियोजनामा गुगल ब्रेन र डिपमाइन्डजस्ता दुई प्रमुख एआईले काम गरिरहेका छन्।

    जेमिनीको विशेषता

    जेमिनी विशाल भाषा मोडलको एउटा संग्रह हो। यो च्याटबट्सको प्रयोग टेक्स्ट संक्षेपीकरण गर्नेलगायत विभिन्न अनुप्रयोगलाई शक्ति प्रदान गर्छ। सफट्वेयरमार्फत गुगल डक्स र स्लाइड्सजस्ता गुगलका व्यावसायिक उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ। यसले ‘गुगल बार्ड’ लाई थप सशक्तसमेत बनाउनेछ।

    यसमा के खास छ ?

    यो जेमिनी हाल उत्कृष्ट भनिएको जिपिटी–४ मोडलको तुलनामा पाँच गुणा अधिक शक्तिशाली छ। शोध संस्था सेमी एनालाइसिसका अनुसार २०२४ को अन्त्यसम्म च्याटजिपिटीको तुलनामा २० गुणा बढी शक्तिशाली हुने अपेक्षा गरिएको छ।

    यस्तै जेमिनीले मानिसले अन्यथा गर्नुपर्ने काम पनि स्वचालित गर्न सक्छ। यसले कैयौँ उद्योगको व्यवसाय जस्तै, ग्राहक सेवा, स्वास्थ्य सेवा, आर्थिक र शैक्षिक सेवालाई थप प्रभावकारी बनाउन सक्छ।

    एआईको बढ्दो लोकप्रियता, मृत्युको भविष्यवाणी पनि

    एआईको प्रयोग बढेसँगै थुप्रै देशले यसमा लगानी गरेका छन्। यही एआईले अस्पतालमा भर्ना भएको ५ देखि ९० दिनभित्र बिरामीको मृत्यु हुने जोखिमको भविष्यवाणी गर्ने भएको छ। इलिनोइसमा ओएसएफ हेल्थकेयरका शोधकर्ताको समूहले एउटा एआई विकसित गरेका छन्। उक्त मोडलले बिरामी भर्ना भएको मृत्युको जोखिमबारे अनुमान लगाउन सक्छ। यो मोडलको उद्देश्य चिकित्सकलाई जीवनको अन्त्यमा महत्वपूर्ण चर्चा गर्न सहयोग पुर्याउने हो।

    शोधकर्ताले एआई मोडलको परीक्षण भिन्दाभिन्दै पृष्ठभूमि भएका बिरामीमा गरेका थिए। परीक्षण गरिएका बिरामीबारे एआईले मृत्युको सम्भावना उच्च रहेको बताएको थियो। नभन्दै ती बिरामी मृत्युनजिक थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.