दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानहरू भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।