• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लिबियामा आँधी र बाढी: मर्नेको सङ्ख्या ५ हजार पुग्न सक्ने


  •    संवाददाता/ बुधबार, भदौ २७, २०८०  

  • आपत्कालीन उद्धारकहरूले मङ्गलवार लिबियाको पूर्वी सहर डेरनामा भत्किएका घरहरूमा चेपिएका १,५०० भन्दा बढी शवहरू फेला पारे। यो बाढीको पानीले बाँधहरू भत्काएर शहरको अधिकांश भाग बगाएपछि मर्नेको सङ्ख्या ५ हजार नाघ्न सक्ने डर उनीहरूलाई छ। डेरनाको एम्बुलेन्स सञ्चालक विभागका अधिकारीहरूले २३०० को त लास नै भेटिसकेका छन् र करिब ७०० को सामूहिक अत्यष्ठि गरिसकेको जनाएका छन्।

    भूमध्य सागरमा आएको आँधी ड्यानियल र त्यसपछि परेको मुसलधारे वर्षापछि आएको बाढीले दुई वटा बाँध र चार वटा पुल भत्किएपछि यो विनाश निम्त्याएको हो।

    एक दशकभन्दा बढी समयसम्म अराजकताले टुक्रिएको लिबियामा क्षति अझै बढ्ने जोखिम छ। यो देशमा एक अर्काका विरोधी सरकारहरूले शासन गरिरहेका छन्। पूर्वमा एउटाको सरकार छ, पश्चिममा अर्कैको, र धेरै क्षेत्रमा पूर्वाधारको मर्मत तथा सुरक्षाको उपेक्षा भएको छ। लिबियाका लामो समयदेखिका शासन गरेका नेता मुहम्मद गद्दाफी सन् २०११ मा मारिएपछि सन् २०१४ देखि लिबिया दुई प्रतिद्वन्द्वी प्रशासनबिच बाँडिएको हो।

    विपद् भएको ३६ घण्टाभन्दा बढी समयपछि मङ्गलवार मात्रै बाहिरबाट सहयोग पुग्न थालेको थियो। बाढीले लगभग ८९,००० को बसोबास भएको यो तटीय सहरका अधिकांश सडकहरू क्षतिग्रस्त वा नष्ट गरेको छ।

    रेडक्रसका अधिकारीले १० हजारभन्दा बढी बेपत्ता भएका बताएका छन् । रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानका अनुसार उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौँ पुग्ने छ।

    मङ्गलवार ट्युनिसियाबाट भिडियो कन्फरेन्स मार्फत जेनेभामा संयुक्त राष्ट्र सङ्घको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको सङ्ख्या धेरै ठुलो भएको जनाउँदै क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्ने उनले बताउनुभएको हो।

    अन्तर्राष्ट्रिय मिडियालाई प्राप्त भिडियो फुटेजमा एउटा अस्पतालको आँगनमा कम्बलले ढाकिएको दर्जनौँ शव देखाएको छ। अर्को तस्बिरले सामूहिक चिहानमा शव राखिएको देखाएको छ। पूर्वी लिबियाका स्वास्थ्य मन्त्रीका अनुसार 1,500 भन्दा बढी शवहरू सङ्कलन गरिएको थियो र ती मध्ये आधालाई मङ्गलवार साँझसम्म गाडिएको थियो।

    बिबिसीका अनुसार पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कर्फ्यु लगाएका छन् भने विद्यालय तथा पसलहरू बन्द गर्न पनि निर्देशन दिएका छन्। पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल-मर्ज सबै नै प्रभावित भएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.