• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

५ नेपाली खेलाडीलाई अर्ना बियरले ८ लाख ५० हजार पुरस्कार दिने


  •    संवाददाता/ मङ्गलबार, भदौ १९, २०८०  

  • अर्ना बियरले आफ्नो प्रतिवद्धता अनुसार एसिया कप क्रिकेट -२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागीमध्ये ५ नेपाली खेलाडीलाई कूल ८ लाख ५० हजार पुरस्कार दिने भएको छ ।

    अर्ना बियरले नेपाल र भारतबीचको खेलमा छक्का प्रहार गर्नेलाई प्रतिछक्का १ लाख, चौका प्रहार गर्नेलाई प्रतिचौका २५ हजार र विकेट लिनेलाई प्रतिविकेट एक लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

    श्रीलंकामा सम्पन्न भारत र नेपालबीचको म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले सोमबार सामाजिक सञ्जालमार्फत नेपालले गरेको ब्याटिङका आधारमा ५ जना खेलाडीलाई पुरस्कार दिने जानकारी दिएको छ ।

    अर्ना बियरले दिएको जानकारी अनुसार नेपालका कुशल भूर्तेलले सर्वाधिक २ लाख ७५ हजार रकम पाउने भएका छन् । उनले भारतविरुद्ध ३ चौका र २ छक्कासहित ३८ रन बनाएका थिए । त्यस्तै १ चौका र २ छक्का प्रहार गरेको सोमपाल कामीले २ लाख २५ हजार पाउने भएका छन् । उनले ४८ रन बनाएका थिए । त्यस्तै भारतविरुद्धको खेलमा ऐतिहाँसिक अर्धशतक प्रहार गरेका आसिफ शेखले २ लाख तथा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले जनही ७५ -७५ हजार पुरस्कार पाउने भएका छन् । भातरविरुद्ध नेपालका ५ खेलाडीबाट कूल १८ चौका र ४ छक्का प्रहार भएको थियो ।

    नेपालले दिएको २३१ रनको सम्मानजनक लक्ष्य पछ्याएर ब्याटिङ थालेको भारतले २ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । लामो समयसम्म वर्षाका कारण खेल अवरुद्ध बनेपछि २३ ओभरमा झारिएको खेलमा भारतले १४५ रनको लक्ष्प पाएको थियो ।

    जवाफमा भारतले २० दशमलव १ ओभरमा बिना कुनै विकेटको क्षतिमा १४७ रन बनाएपछि खेल १० विकेटले जितेको थियो । भारतसँगको फराकिलो हारसँगै नेपाल यो सिजनको एसिया कपबाट बाहिरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.