• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘संक्रमणकालीन न्याय र पीडितको आवाज’ अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न

"बलपूर्वक बेपत्ता पारिने विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवस २०२३ को अवसरमा ‘संक्रमणकालीन न्याय र पीडितको आवाज’ विषयमा २०८० भदौ १२ गते पोखरामा सम्पन्न "

  •     अभियान हाम्रो/ बुधबार, भदौ १३, २०८०  

  • बलपूर्वक बेपत्ता पारिने विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवस २०२३ को अवसरमा ‘संक्रमणकालीन न्याय र पीडितको आवाज’ विषयमा २०८० भदौ १२ गते पोखरामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पीडित परिवारले राज्य बेपत्ताहरुको खोजिमा मुकदर्शक बनेको बताउनुभएकाे थियाे।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, एड्वोकेसी फोरम गण्डकी प्रदेश कार्यालय, नेपाल रेडक्रस सोसाइटी कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, लगायतका १२ ओटा संस्थाको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशक सरकारकी समाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले न्यायको लागि शहिद र बेपत्ता परिवार एकै ठाउमा उभिनुपर्ने बताउनुभयो ।  उहाँले पीडित परिवारलाई कसरी राहत दिन सकिन्छ भनेर आफुहरुले निरन्तर प्रयास गरिराखेको बताउनुभयो  ।

    संक्रमणकालीन न्याय र पीडितको आवाज विषयको अन्तक्र्रिया कार्यक्रम (1)

    उहाँले आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयमा शहिद र बेपत्ताका परिवारलाई कार्यक्रममार्फत सम्बोधन गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बीमा कार्यक्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको छैन । सबैको लागि बराबर वितरण गरेका छौं । अब व्यवस्था बलियो बनाउन सबै जना एकै ठाउँमा हुनुपर्छ ।’ बेपत्ता समाज कास्कीका अध्यक्ष अणनाथ बरालले आगामी वर्ष अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवस मनाउनु नपर्ने गरी सरकारले बेपत्ताहरूको विषयलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको परिवारले छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गर्नुभएको थियो । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिन भित्र सार्वजनिक गर्ने उल्लेख भएतापनि हालसम्म पनि  सार्वजनिक नभएकोप्रति पीडित परिवारले गुनासो गरेका हुन् ।

    संक्रमणकालीन न्याय र पीडितको आवाज विषयको अन्तक्र्रिया कार्यक्रम (28) (1)

    राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग आफैमा रुमलिएको र पीडित पक्षको गुनासो सम्बोधन गर्ने गरी आफ्ना क्रियाकलाप अघि बढाउन नसकेको पीडितहरुको भनाई थियो । बेपत्ता परिवारका तर्फबाट शालिग्राम पौडेलले  आफ्नो भाई २४ वर्षदेखि बेपत्ता भएको बताउनुभयो । उहाँको भाई हरिप्रसाद पौडेललाई २०५६ साल मंसिर २६ गते राज्य पक्षबाट  बेपत्ता पारिएको थियो । यतिका वर्ष हुँदा सम्म खोजी कार्य भएको छैन, राज्य बेपत्ताहरुको खोजिमा मुकदर्शक किन बनेको ?’ उहाँको प्रश्न थियो ।

    घरको मुख्य व्यक्ति बेपत्ता हुँदा आश्रित परिवारको बिचल्ली भएको छ । कमाउने छोराछोरी बेपत्ता भएपछि राज्यले उनीहरूको परिवारको संरक्षण, रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्ने गैर सरकारी संस्था महासङ्घका गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले बताउनुभयो ।

    संक्रमणकालीन न्याय र पीडितको आवाज विषयको अन्तक्र्रिया कार्यक्रम (5)

    कार्यक्रममा संक्रमणकालिन न्यायको वर्तमान अवस्था र पीडितकाे आवाजकाे बारेमा एड्भोकेसी फोरम नेपाल गण्डकी प्रदेश संयोजक अधिवक्ता कुन्जनी परियारले प्रस्तुतीकरण राख्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले पीडितलाई न्याय पाउने आश जगाउने गरी सरकारले काम गर्र्नुपर्ने बताउनुभयो । उहाँले ‘पीडितले कि लास कि श्वास’ मागेका छन् , पीडितले अनुभूति गर्ने तरिकाले कामगर्न सरकारसँग आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.