• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित

"यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • जिल्लामा दुई वर्षको अवधिमा यौन हिंसाका घटनाबाट ३ सय १७ जना महिला पीडित भएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७९ / ०८० मा २ सय ३ जना र आर्थिक वर्ष ०७८ / ०७९ मा १ य १४ जना महिला यौन हिंसाबाट पीडित भएको तथ्याङ्क जिल्ला अदालत, कैलालीकोमा रहेको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष थप महिलाहरु यौन हिंसाबाट पीडित भएको पाइएको छ । आर्थिक वर्ष २०७९ / ०८० मा दर्ता भएका २ सय ३ ओटा यौनजन्य अपराधका मुद्दा मध्ये बलात्कार अन्तर्गत ९७, बलात्कार प्रयासमा ७९, यौन दुर्व्यवहारका २१ र हाडनातामा बलात्कारका ६ ओटा मुद्दा जिल्ला अदालत, कैलालीमा दर्ता भएका छन् । महिलामैत्री कानुन, जनचेतनाको विकास र शिक्षामा महिलाहरुको पहुँच अभिबृद्धि भएकै कारण अदातलमा उजुरी दिने महिलाहरुको सङ्ख्यामा बृद्धि भएको जिल्ला अदालत, कैलालीका तहशिलदार नेत्रबहादुर माझीले बताउनु भयो ।

    उहाँले भन्नु भयो–‘बालविवाहका मुद्दा बलात्कार अन्तर्गत दर्ता हुने प्रचलन बढेको छ । महिलाहरुको शरिरमाथिको अधिकारलाई बढावा दिइएको कारण वैवाहिक बलात्कारका मुद्दा बढीरहेका छन् । हाडनाता करणीका घटनामा बृद्धि भएको छ । महिला तथा बालबालिका घरभित्र पनि असुरक्षित छन् । जसका कारण यौनजन्य अपराधका घटनामा बृद्धि भएको देखिन्छ ।’

    इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा उल्लेखित तथ्याङ्कले पनि महिला अधिकार हनन्का घटनाहरुमा बृद्धि हुँदै गएको पाइएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा १ सय ८० जना महिलाको अधिकार हनन् भएको पाइएको छ । घरेलु हिंसाबाट १ सय २५ जना, बलात्कारबाट २२ जना, बलात्कारको प्रयासबाट आठ जना, यौन दुर्व्यवहारबाट एक जना, वहुविवाहबाट १८ जना, बेचबिखन तथा ओसारपसारबाट पाँच जना र बोक्सीको आरोपमा एक जना गरी १ सय ८० जना महिला पीडित भएका छन्  ।

    बलात्कारबाट १८, यौन दुर्व्यवहारबाट सात र बेचबिखन तथा ओसारपसारबाट पाँच जना गरी ३० जना बालिकाको अधिकार हनन् भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा उल्लेख गरिएको छ । यसैगरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा २ सय ४२ जना महिला र ४० जना बालबालिकाहरुको अधिकार हनन् भएको उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.