• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित

"यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • जिल्लामा दुई वर्षको अवधिमा यौन हिंसाका घटनाबाट ३ सय १७ जना महिला पीडित भएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७९ / ०८० मा २ सय ३ जना र आर्थिक वर्ष ०७८ / ०७९ मा १ य १४ जना महिला यौन हिंसाबाट पीडित भएको तथ्याङ्क जिल्ला अदालत, कैलालीकोमा रहेको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष थप महिलाहरु यौन हिंसाबाट पीडित भएको पाइएको छ । आर्थिक वर्ष २०७९ / ०८० मा दर्ता भएका २ सय ३ ओटा यौनजन्य अपराधका मुद्दा मध्ये बलात्कार अन्तर्गत ९७, बलात्कार प्रयासमा ७९, यौन दुर्व्यवहारका २१ र हाडनातामा बलात्कारका ६ ओटा मुद्दा जिल्ला अदालत, कैलालीमा दर्ता भएका छन् । महिलामैत्री कानुन, जनचेतनाको विकास र शिक्षामा महिलाहरुको पहुँच अभिबृद्धि भएकै कारण अदातलमा उजुरी दिने महिलाहरुको सङ्ख्यामा बृद्धि भएको जिल्ला अदालत, कैलालीका तहशिलदार नेत्रबहादुर माझीले बताउनु भयो ।

    उहाँले भन्नु भयो–‘बालविवाहका मुद्दा बलात्कार अन्तर्गत दर्ता हुने प्रचलन बढेको छ । महिलाहरुको शरिरमाथिको अधिकारलाई बढावा दिइएको कारण वैवाहिक बलात्कारका मुद्दा बढीरहेका छन् । हाडनाता करणीका घटनामा बृद्धि भएको छ । महिला तथा बालबालिका घरभित्र पनि असुरक्षित छन् । जसका कारण यौनजन्य अपराधका घटनामा बृद्धि भएको देखिन्छ ।’

    इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा उल्लेखित तथ्याङ्कले पनि महिला अधिकार हनन्का घटनाहरुमा बृद्धि हुँदै गएको पाइएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा १ सय ८० जना महिलाको अधिकार हनन् भएको पाइएको छ । घरेलु हिंसाबाट १ सय २५ जना, बलात्कारबाट २२ जना, बलात्कारको प्रयासबाट आठ जना, यौन दुर्व्यवहारबाट एक जना, वहुविवाहबाट १८ जना, बेचबिखन तथा ओसारपसारबाट पाँच जना र बोक्सीको आरोपमा एक जना गरी १ सय ८० जना महिला पीडित भएका छन्  ।

    बलात्कारबाट १८, यौन दुर्व्यवहारबाट सात र बेचबिखन तथा ओसारपसारबाट पाँच जना गरी ३० जना बालिकाको अधिकार हनन् भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा उल्लेख गरिएको छ । यसैगरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा २ सय ४२ जना महिला र ४० जना बालबालिकाहरुको अधिकार हनन् भएको उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.