कास्कीका सबै विद्यालयहरुमा मंगलबार सार्वजनिक बिदा दिएको छ । तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेँका अवसरमा कास्की जिल्लाभरका सबै शैक्षिक संस्थामा मंगलबार साउन ३० गते सार्वजनिक बिदा हुने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीले आज जिल्लास्थित सबै विद्यालयहरुमा बिदाका लागि सूचना जारी गरेको हो । पोखरा महानगरपालिका, मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«े गाउँपालिकाका सबै शैक्षिक संस्थालाई स्थानीय बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरिएको समन्वय इकाईले जनाएको छ ।
स्थानीय तहहरुले सूचना प्रकाशित गरी बिदा दिइएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले सबै पालिकाहरुमा एकरुपताका लागि इकाईबाट सूचना जारी गरी बिदा दिइएको जानकारी दिए ।







