• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खाँडादेवी गाउँपालिका-३,सित्खा फाँट सिँचाइ गर्ने आयोजनाको काम अलपत्र

"खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको छ । "

  •    अभियान हाम्रो / बुधबार, साउन १७, २०८०  

  • खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको छ ।

    सित्खा फाँट सिँचाइ गर्ने आयोजनाको काम अलपत्र परेपछि खेत रोप्न नपाएर किसानको खेत बाँझै रहेको हो । सुनकोसी नदीको पानी लिफ्ट गरेर खेतको माथि पोखरीमा जमाइ सिँचाई गर्ने गरी पाँच वर्ष अघि सुरु भएको योजना अलपत्र पारेर निर्माण व्यवसायी भागेका छन् ।

     

    सित्खा फाँटमा सिँचाइ गर्नका लागि बनाइएका पोखरी पटपटी फुटेका छन् । नदीदेखि पोखरीसम्म पानी पुर्‍याउने पाइप अलपत्र पारेर सडकमा फालिएको छ । योजना सञ्चालन नहुँदा किसानले धान रोप्न पाएका छैनन् । केही किसानले भल छोपेर रोपेको धान पनि सुकेर गएको छ ।

    सो आयोजना निर्माणको लागि राम्चे सिद्धगढी निर्माण सेवाले ०७५ असार २९ गते सम्झौता गरेको थियो । आयोजनाको काम ०७७ पुस मसान्तसम्ममा सम्पन्न गर्नु पर्ने थियो । तर अहिलेसम्म आयोजनाको काम ६५ प्रतिशत मात्र भएको छ । सिँचाइ आयोजनाको निर्माणका लागि कूल १ करोड २९ लाख २ हजार ४ सय ४८ रुपियाँमा सम्झौता भएको थियो । कम्पनीले हालसम्म ८३ लाख १७ हजार ४ सय ३३ रुपियाँ भुक्तानी लगिसकेको छ ।

    Photo_080-4-17_Ramechhap1

    सम्झौता बमोजिम गर्नु पर्ने बाँकी काम गर्न बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले उक्त कार्यालयले ठेक्का सम्झौता रद्द गरी सो निर्माण सेवालाई ०७७ कात्तिक २६ गते सार्वजनिक खरिद इकाईको कालोसूचीमा समावेश गर्न पत्राचार गरेको थियो ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापका इन्जिनियर दिवाकर मण्डलका अनुसार काम अलपत्र पारेर हिँडेको निर्माण व्यवसायीले कार्यालयले गरेको ठेक्का रद्द र कालोसूचीको निर्णयविरूद्ध अदालत गएकोले योजनाको बाँकी निर्माण कार्य थप अन्योलमा परेको हो । ‘किसानको खेत बाँझै छ, योजना त कहिले बन्छ कहिले, झन् अन्योल भयो’, स्थानीय कृष्णबहादुर केसीले भन्नुभयो ।

    सुरुमा थोपा सिँचाइ आयोजनाको रुपमा सो आयोजनाको निर्माण सुरु गरिएको थियो । पछि डिजाइन परिवर्तन गरेर लिफ्ट सिँचाई आयोजना बनाइयो । सो आयोजनाको लागि निर्माण व्यवसायीले झारेको पाइप गुणस्तरीय नभएपछि अर्कै पाइप फेर्न कार्यालयले निर्देशन दिएपछि निर्माण व्यवसायी काम नै छाडेर हिँडेको खाँडादेवी गाउँपालिका-३ का वडाध्यक्ष पुष्करकुमार कार्कीले बताउनु भयो ।

    पहिला सित्खा खोलाको पानीले सिँचाइ गरिने सो फाँटमा अहिले सो खोला सुकेको कारण सिँचाइको एक मात्र विकल्प सुनकोसीको पानी लिफ्ट गर्ने नै हो । ‘त्यही योजना पनि अलपत्र परेपछि किसानको खेत बाँझै छ’, खाँडादेवी गाउँपालिका-२ का वडाध्यक्ष केशव प्रधानले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.