• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी हिरासतमा यातनाबाट मृत्यु

"मृतकका परिवारलाई राहत र परिवार तथा बालबालिकालाई भरण पोषणको व्यवस्था मिलाउन तत्कालिन जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले प्रतिबद्धता गर्नुभएको थियो । "

  •    अभियन हाम्रो / बिहिबार, साउन ११, २०८०  

  • इलाका प्रहरी कार्यालय, बाह्रविसेको हिरासतमा रहँदा यातनाबाट मृत्यु भएका बाह्रविसे नगरपालिका(७, घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तमाङको परिवारलाई क्षतिपुर्ति र बालबालिकालाई भरण पोषणको व्यवस्था नहुँदा जीवनयापनमा समस्या भएको छ । प्रहरीले ०७८ साउन १८ गते चोरीको आरोपमा गिरफ्तार गरेका खड्गबहादुर तामाङको यातनापछि उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा साउन २२ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

    मृतकका परिवारलाई राहत र परिवार तथा बालबालिकालाई भरण पोषणको व्यवस्था मिलाउन तत्कालिन जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले प्रतिबद्धता गर्नुभएको थियो । तर सो प्रतिबद्धता अनुसार हालसम्म आफूहरूले राहत र बालबालिकाको भरण पोषणको व्यवस्था नभएको मृतकका बुबा कामी तमाङले बताउनु भयो । घटनापछि सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै पीडित पक्षले साउन २४ गते बाह्रविसे बजारमा विरोध प्रर्दशन गरेका थिए । पीडितको माग सम्बोधन गर्दै साउन २५ गते तत्कालिन साहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा पीडित पक्ष सहित संलग्न रहेको सात सदस्यीय घटना छानबिन समिति गठन भएको थियो । सो समितिको प्रतिवेदनमा पनि मृतक परिवार र बालबालिकालाई भरण पोषणको व्यवस्था गरिने भनिएको थियो ।

    इन्सेकलाई आफ्नो समस्या बताउँदै मृतकका बुबा कामी तमाङ प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको घटनाको समयमा इलाका प्रहरी कार्यालय, बाह्रविसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र शाह थिए तर उहाँ बिदामा गएको समयमा घटना भएको थियो । इन्स्पेक्टर शाह बिदामा गएपछि तत्कालिन समयमा इलाका प्रहरी कार्यालयका सई दामोदर कुइकेलले नेतृत्व गर्नुभएको थियो भने हिरासत व्यवस्थापन अधिकृत असई देवेन्द्रराज सुवेदीको जिम्मेवारी थियो । उनीहरूकै लापरवाही तथा यातनाबाट घटना भएको पीडित पक्षको आरोप छ ।

    पीडितलाई प्रहरीले गिरफ्तार गरेकै दिन साउन १८ गते बेलुकी प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा स्वास्थ्य परीक्षणको लागि प्रहरीले लगेका थिए । स्वास्थ्य केन्द्रका डा। जिवनराज श्रेष्ठले पीडित खड्गबहादुर तामाङको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । पहिलो पटक स्वास्थ्य परीक्षणमा पीडितको शरीरमा कुनै चोट नभएको डा। श्रेष्ठले बताउनुभएको थियो । प्रहरीले पीडित तमाङको उपचारको लागि भन्दै साउन २२ गते राती स्वास्थ्य केन्द्र लैजाँदा हातमा निलडाम सहित मान्छे निकै गम्भीर देखिएपछि धुलिखेल अस्पताल रिफर गरेको स्वास्थ्य केन्द्रकी डा। अनुपमा थापाले बताउनु भयो । घाइतेलाई प्रहरीले धुलिखेल अस्पताल पुर्‍याउँदा धुलिखेल अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो ।

    प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय र इन्सेकले समेत घटनाको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि इन्सेकले पीडित परिवारलाई राहत र मृतकका बालबालिकालाई भरण पोषणको व्यवस्थाका लागि सम्बन्धित निकाय समक्ष अनुरोध गरेको थियो । मृतक तमाङको एक पत्नी, एक छोरी, बुबा, आमा सहित चार जनाको परिवारले राहत नपाएर अहिले जीवनयापनकै सङ्कटमा परेको मृतककी दिदि निरमायाँ तमाङले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.