• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

परोपकारी उपमेयर कौशिला: आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै


  •    संवाददाता/ बिहिबार, साउन ११, २०८०  

  • बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

    बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’ मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक सहयोग गर्ने घोषणा गर्नुभएको हो।

    एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीले सो रकम सहयोगस्वरुप पाउनेछन्। छनौटमा दलित विद्यार्थी १० जना हुनेछन् भने बाँकी आर्थिक अवस्था कमजोर भएका र लक्षित समूहका हुने बताइएको छ।

    ‘प्राविधिक शिक्षा आजको आवश्यकता नै भइसक्यो, धेरै विद्यार्थी यही धारको शिक्षा हासिल गर्न चाहन्छन्,’ उपप्रमुख चन्दले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका र दलित तथा लक्षित वर्गका विद्यार्थीलाई यो छात्रवृत्ति कार्यक्रममा समेट्छु।’

    आफू उपप्रमुखको जिम्मेवारीमा बसेको एक वर्ष भएको र यस अवधिमा पाएको सबै रकम उपमेयर कोषमा जम्मा गरिसेकेको चन्दको भनाइ छ।

    ‘आफ्नो कार्यकालमा पाउने सबै पारिश्रमिक तथा सेवा–सुविधाको रकम कोषमा जम्मा गरी परोपकारका क्षेत्रमा सहयोग गर्छु,’ उहाँले भन्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.