• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बम विष्फोटन भई मृत्यु भएका परिवारले क्षतिपूर्ति पाएनन्

"राज्यबाट मृतकका परिवारले पाउने क्षतिपूर्ति अहिले सम्म केही नपाएको मृतक झरना थापाका बाजे कर थापाले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नु भयो  "

  •    अभियन हाम्रो / बुधबार, साउन १०, २०८०  

  • कालिकाेट तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरीे ०७९ कात्तिक–१२ गते भएको बम विष्फोटन घटनाका पीडित मृतकका परिवारलाई सरकारले दिने राहत क्षतिपूर्ति हालसम्म पाएका छैनन् ।

    बम विष्फोटन घटनामा  तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । यस्तै आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएको १० महिना पुग्न लाग्दा पनि गृह मन्त्रालयको ढिलासुस्तीले पीडितहरुले राहत नपाएका हुन् । राज्यबाट मृतकका परिवारले पाउने क्षतिपूर्ति अहिले सम्म केही नपाएको मृतक झरना थापाका बाजे कर थापाले गुनासो गर्नु भयो । उहाँले घटना भएको १० महिनासम्म पनि क्षतिपूर्ति नदिनु राज्यको गैरजिम्मेवारीपन भएको बताउनु भयो ।

    घटना लगत्तै जिल्ला स्तरीय राहत, क्षतिपूर्ति सिफारिस समितिको बैठक बसी  सिफारिस गरी पठाए पनि हालसम्म क्षतिपूर्ति नआउदा पीडित परिवारले फोन गरेर हैरान गरिरहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले प्रतिक्रिया दिनु भयो । साथै उहाँले मन्त्रालयमा पटक पटक पत्र लेखि पठाउँदा पनि ढिलासुस्ती भइरहेको बताउनु भयो । घटनाका बारेमा इन्सेक,मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरुको टोलिले कात्तिक २५ र २६ गते  घाइतेहरुको अवस्थाका विषयमा  स्थलगत अनुगमन गरी  स्थानीय प्रशासनलाई मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते बालवालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगारी लागि तत्काल यथोचित कदम चाल्न तीनै तहका सरकारलाई सुझाव दिएको थियो ।

    यस्ता घटनामा परेका पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको राहत क्षतिपूर्ति सिफारिस समितिको सिफारिसको आधारमा गृह मन्त्रालयले मृतक परिवार १० लाख सम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.