२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कोटहीमाई गाउँपालिका–२ बसन्तपुरका २३ वर्षीय राहुल हरिजनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।