नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीहरूको कर्जा पुन:र्संरचनाको व्यवस्था गर्ने भएको छ । प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुन:र्संरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपाय र प्रक्रियालाई समावेश गरी स्टेस् ऋण रिजोल्युसन फ्रेम वर्क व्यवस्थापन गरेको छ । अहिले बैंकबाट ऋण लिएकाहरूले मन्दीका कारण बैंकको ऋण तिर्न गरो भएको भनेर भनिरहेका छन् ।