• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थानीयबाट यसरी लखेटिए भारतीय पत्रकारहरु


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • शुक्रबार बिहानकाे दुर्घटना एउटा ट्रक कोशीको पुलबाट खस्यो यियाे । दुई भारतीय पत्रकारहरु (एक पुरुष र एक महिला) सहीत कोशी व्यारेजमा देखिए । उनीहरूले रिपोर्टिङका नाममा त्यहाँ ड्यूटीमा रहेका प्रहरीहरूलाई केरकार गर्न थाले ।

    पुरुष पत्रकार एक प्रहरीलाई थर्काउने शैलीमा प्रश्न सोधिरहेका थिए, ‘ यहाँ ट्रक कि पल्टी कैसे हो ति है ?’ ती प्रहरीको जवाफ थियो, ‘थाहा भएन, सम्बन्धित निकायमा सोध्नुस् ।’ र त्यसपछि पत्रकार क्यामरातिर फर्किएर चर्किए, ‘आप देख सक्ते हे, जो ब्यारेज पे अन ड्यूटी कर रहे उनको खुद पता नहीँ है कि ट्रक कि पल्टी कैसी होति है ।’ त्यसपछि अर्काे प्रहरीलाई बुम तेर्स्याउँदै उही प्रश्न सोध्छन्, ‘यहाँ ट्रक कि पल्टी कैसे होति है ?’ ती प्रहरी भन्छन्, ‘ट्रकको पल्टी… कैसे हुन्छ कैसे हुन्छ…’ भारतीय  पत्रकार सोध्छन्, ‘हिन्दी नहीँ जानते है आप ?’

    प्रहरीले नजान्ने भाव व्यक्त गरेपछि पत्रकार फेरि क्यामरातिर फर्किएर चिच्याउँछन्, ‘देखिए, यहाँकी पुलिसको हिन्दी नहीँ आति ।’ त्यस स्थानमा रिपोर्टिङ गर्न पुगेका , विराटनगरका पत्रकार सोनुकुमार दास भारतीय पत्रकारको प्रस्तुति देखेर उनलाई ओडाहा भयो । त्यसपछि उनले दुर्घटना भएकाे  स्थानकाे रिपोर्टिङ गर्न छाेडेर  ती पत्रकारमाथि नै रिपोर्टिङ गर्न सुरू गरे ।

    पुरुष पत्रकारलाई बुम तेर्स्याउँदै सोनुले सोधे, ‘तपाईंहरूले नेपालमा रिपोर्टिङ गर्न अनुमति लिएर आउनुभएको हो ?’ भारतीय पत्रकारले जवाफ दिए, ‘मैले प्रशासनमा गाडी राखेँ र रिपोर्टिङ गरेर आउँछु भनेर आएँ ।’ सोनुले सोधे, ‘प्रशासनले अनुमति दिएको कुनै  प्रमाण छ तपाईंसँग ?’

    ती पत्रकारले कुनै प्रमाण देखाउन सकेनन् । बरु फलाक्न थाले, ‘हेर्नुस्, नेपाल र भारतको रोटी बेटीको सम्बन्ध छ…’ तर, उनले आफ्नो कुरा सकाउन नपाइकन उनकी सहयोगी महिला पत्रकार बम्किन थालिन् । महिला पत्रकार सोनुसँग उनको विवाद सुरू भयो । सोनुले आफू नेपाली पत्रकार भएको भन्दै भारतबाट आएर रिपोर्टिङ गर्न प्रशासनको अनुमति चाहिने दोहोर्‍याए ।

    त्यसपछि महिला पत्रकारले भनिन्, ‘तपाईंसँग नागरिकता छ ? देखाउनुस्।’ सोनुले आफ्नो परिचयपत्र देखाउँदै भन्छन्, ‘म नेपालको हुँ, तपाईं कहाँको हुनुहुन्छ ?’

    त्यसपछि ती महिला होस गुमाउँछिन् र सोनुलाई अपशब्दसहित अश्लिल इशारा गर्छिन् । यति मात्र होइन, सोनूले आफूलाई गलत तरिकाले छोएको आरोपसमेत लगाउन भ्याउँछिन् । पुरुष पत्रकार पनि उनलाई साथ दिन्छन् । उनीहरूले सोनुको क्यामरा खोस्न प्रयास गर्छन् । नसकेपछि भिडिओ डिलिट गर्न आदेश दिएका थिए  । ‘आफैं अश्लील शब्दहरू प्रयोग गर्ने, उल्टै छोएको आरोप लगाउने ?’ भन्दै स्थानीयहरू जाइलागेपछि भारतीय पत्रकार पछि हटेका थिए ।

    क्यामरा तिर फर्केर भारतीय पुरुष पत्रकार भन्छन्, ‘देखिए, ऐसे पत्रकार है जिसको हिन्दी बोलना नहीँ आता ।’ त्यसपछि उनीहरू दुवै त्यहाँबाट भागे। भारतीय पत्रकार सँगकाे लफडा भइरहँदा घटनास्थलमा प्रहरीको उपस्थिति भने देखिएको थिएन  । यस विषयमा हामीले पत्रकार सोनु दाससँग कुरा गर्दा उनले प्रहरी निरिह बनेको आरोप लगाए ।‘प्रहरी नजिकै थिएँ, तर भारतीय पत्रकारले दादागिरी देखाउँदा उनीहरू निरिह बनेर बसिरहे,’ उनले भने । प्रहरीले हस्तक्षेप नगरेपछि सोनु आफैं प्रहरीसम्म पुगेका थिए । उनले भने, ‘मलाई पनि पक्राउ गर्नुस् र तिनीहरूलाई पनि पक्राउ गरेर कारबाही गर्नुस् ।’ तर, प्रहरीले स्थानीयबासी आक्रोशमा रहेको र घटनाले उग्ररूप लिन सक्ने भन्दै लाचारी देखाएको सोनु बताउँछन् ।

    भारतीय पत्रकारले सीमा क्षेत्रमा आएर दादागिरी देखाउने यो कुनै नयाँ घटना भने होइन । उनीहरू विना अनुमति नेपालमा आएर रिपोर्टिङ गर्दै यथार्थ भन्दा बाहिरी रिपोर्टिङ गर्दै आएका छन् । नेपाली प्रहरी-प्रशासनले स्थानीय मिडियालाई कडाइ गर्ने तर भारतीय मिडिया सामु लाचार देखिने गरेको स्थानीय सञ्चारकर्मीले गुनासाे  पाेखेका  छन् । नेपाली सञ्चारकर्मीले भारतमा अनुमति लिएर रिपोर्टिङ गर्दा पनि क्यामरा खोस्ने र भिडिओ डिलिट गर्न लगाउने गरिएको सोनु बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.