• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खाना खाएपछि निद्रा किन लाग्छ ? यस्तो त वैज्ञानिक कारण

"खाना खाएपछि निद्रा किन लाग्छ ? यस्तो त वैज्ञानिक कारण "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन २७, २०७९  

  •    खाद्य प्रविधिसम्बन्धी एक कम्पनी फूड मार्बलका पोषणविज्ञ तथा वैज्ञानिक डाक्टर क्येयर शर्टका अनुसार जब हामीले खाना खान्छौं हाम्रो पेट तथा पूरै शरीरले काम गर्न सुरु गर्दछ । यस क्रममा रगतमा सुगरको मात्रा कम हुन जानु पनि हामीलाई निद्रा लाग्नुको एक कारण हुनसक्दछ ।

    जब हामीले धेरै सुगरयुक्त खानेकुरा खान्छौं, तब रगतमा सुगरको मात्रा बढ्दछ र फेरि तीव्र रुपमा घट्न सक्दछ । सोही कारण अचानक थकानको महसुस हुन्छ ।

    यद्यपि रगतमा सुगरको घटबढले मात्र निद्रा आएको भने होइन । यसमा हाम्रो शरीरमा उत्सर्जन हुने हर्मोनको पनि भूमिका छ । खाना खाएपछि हाम्रो सरीरमा कहिलेकाही सेरोटोनिन हर्मोनको उत्पादनमा तीव्रता आउँदछ । यसलाई बोलीचालीको भाषामा फील गुड हर्मोन भनिन्छ । शरीरमा यो हर्मोनको स्तर बढेसँगै हामीलाई निद्रा आउँछ ।

    सेरोटोनिनले हाम्रो मूड तथा निद्रा चक्रमा एक अहम भूमिका खेल्दछ । खाना खाएलगत्तै सरीरमा यो हर्मोनको स्तर बढ्न जाने हुनाले हामीलाई निद्राको महसुस हुन्छ । स्पोर्टस् मेडिसिन जर्नलमा प्रकाशित शोध रिपोर्टमा पनि निद्रा, सुस्तपन तथा थकानलाई समेत सेरोटोनिनसँग जोडिएको छ ।

    कस्तो खानाले निद्रा ल्याउँदछ ?

    विज्ञका अनुसार टि्रप्टोफ्यान नामको एमिनो एसिड अत्यधिक भएको खानेकुरा खानाले निद्रा लाग्न सक्दछ । किनकि यसले सेरोटोनिनको उत्पादनमा भूमिका खेल्दछ ।

    टि्रप्टोफ्यान विभिन्न प्रोटिनयुक्त खाद्य पदार्थ जस्तै पनीर, अण्डा तथा टोफूलगायतका भरपूर मात्रामा पाइन्छ । चेरी जस्ता चिजहरुले पनि शरीरमा मेलाटोनिनको स्तरलाई प्रभावित गर्न सक्दछन्, जसका कारण तपाईंलाई निद्रा लाग्न सक्दछ ।

    डाक्टर शर्टका अनुसार खाना खाएसँगै थकान ल्याउने वा निद्रा लगाउने खानेकुराको सूची बनाउन निकै कठिन छ किनकि विभिन्न खानेकुराहरुप्रति हरेक व्यक्तिको प्रतिक्रिया फरक फरक हुनसक्दछ ।

    खानापछि निद्रा लाग्न नदिन के गर्ने ?

    विज्ञका अनुसार यसको सटिक जवाफ दिन सकिंदैन । तर यदि खानामा अत्यधिक फाइबर युक्त खानेकुरा पनि सामेल गर्ने हो भने यसले रगतमा सुगरको स्तरलाई स्थिर बनाउँदछ । यस्तो गर्दा निद्रा आउने सम्भावना कम हुन्छ । साथै नियमित रुपमा भोजन गर्ने र एकै पटकमा धेरै नखाने गर्नुपर्दछ । यसले हाम्रो पाचन प्रणालीलाई ओभरलोड हुन दिंदैन र थकाइ र निद्रा पनि लगाउँदैन ।

    एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.