केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गर्दै मजदुरहरुले १० प्रतिशत सेवा शुल्क पुनर्स्थापनाको माग गरेका हुन् ।
उनीहरुले बुधबार काठमाडौंमा विरोध सभा गर्दै १० प्रतिशत सेवा शुल्क खारेजीको विरोध गरेका हुन् । समितिले पुनर्स्थापनाका लागि चरणबद्ध रुपमा ७ दिने संघर्षको आन्दोलन घोषणा गरेको छ । ट्रेड युनियन संघर्ष समितिले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरुले खाइपाइ रहेको सेवासुविधा कटौती भएको भन्दै विरोध जनाएको हो
समितिले होटल तथा पर्यटन क्षेत्रमा सेवा शुल्क लगाउने होटल संघ र होटल क्षेत्रका ट्रेड युनियनहरुबीच सन २००६ मा नै सम्झौता भएको थियो । सोही अनुसार लिइरहेको सेवा शुल्क सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
कार्यक्रममा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघका अध्यक्ष कुमार पन्तले प्रत्येक हाटल तथा प्रष्ठिानहरुको मुल गेटमा कालो ब्यानर राख्ने जानकारी दिए ।