पोखरा ।
इलामका ३७ वर्षीय प्रेम आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।
आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा निधन भएको हो ।







