• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काहुँडाँडामा गुरुयोजना सहितको विकास ल्याउछु  थापा

"गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । "

  •    अभियान हाम्रो संवाददाता/ सोमबार, कार्तिक २८, २०७९  

  • कात्तिक , पोखरा ।

    गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् ।
    गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् ।

    थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानून निमार्ण गर्दा सकिएको स्पष्ट पारे ।

    थापाले आफुले पाँचवर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफु लज्जित भएको बताए । ‘ म यो ठाउँको सांसद भएरपनि तपाईँहरुले चाहेजतिको विकास गर्न सकिन । मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने,‘तपाइंहरुलाई थाहै छ म कानून बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे ।’
    थापाले काहुँ विकासका लागि आफुले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गरि अघि बढ्ने सुनाए । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पिछडीएको क्षेत्र हो । मैले यहाँको सबै समस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो ।

    सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन् । अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँ डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ । सडक मात्रै होइन् तपाईंहरुले भनेझै यहाँ पदमार्गपनि बनाउनुपर्छ ताकी हाइकिङ हाउने गरोस् ।’ थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाई राखे ।

    थापाले रानी बौरहुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए । उनले कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाकीँ रहेको बताए ।

    उक्त योजनालाई आफु निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए । थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवस्यकता रहेको स्पष्ट पारे ।

    ‘विकास निर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन । सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भएपनि काम गर्ने थिए तर त्यसो हुन सकेन कानुन बनाउने स्थानमा भइयो त्यसैले मेरो अधिकार क्षेत्रमा परेर । मेले भ्याएसम्म गरे ।’, उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.