पोखरा, कार्तिक
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ काप्रतिनिधि सभा सदस्यपदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, ‘हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरु योजना, कृषिपर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।’आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ माविद्यमानतमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । ‘यस क्षेत्रमा खानेपानीको समस्या अझै विकराल छ, त्यसैगरि हामीले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न चाहन्छौ, किसानहरूलाई धनीबनाउँदै कृषिमाआधुनिकीकरणगर्ने हाम्रो लक्ष्य छ, यस क्षेत्रका बाटा घाटाहरुलाई व्यवस्थित गर्ने र महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र सुकुम्बासीहरुलाई भूमिको मालिक शाजनताको बीचमा रहेर कामगर्ने जनप्रतिनिधि बन्न चाहेको उनले बताए । ‘निर्वाचित जनप्रतिनिधि हुँदा र नहुँदामा मेरो व्यवहारमा कुनै फरक हुने छैन ।
म काठमाण्डौ बसेर चुनावका मुखमा मात्र देखिने जनप्रतिनिधि बन्न चाहन्न, उनले भने, म मिटिङ हुँदा काठमाण्डौ भेटिने र अघि पछि पाँईहरु कै गाउँ टोलमा देखिने प्रतिनिधि बन्न चाहन्छु, म राम्रोसँग काम गर्ने छु, यहाँको सेवकभएर कामगर्नेछु, यहाँको वारेस भएर कामगर्नेछु । म यहाँहरूको मतको सम्मान गर्नेछ र त्यसलाई खेर जानदिनेछैन ।’उनले फरक राजनीतिक आस्थाको समेत आफूले सम्मानगर्ने उनले बताए ।
विकासका सवालमा समयको गति र स्थानीय आवश्यकतालाई पछ्याउने उम्मेदवार बरालले बताए । ‘समयको गतिलाई हामी बुझ्छौँ, समय परिवर्तनशील छ । हामी युवाहरूको चाहानालाई नजिकबाट बुझेका छौँ, महिलाहरुको चाहाना के छन भन्नेमा पनि हामी जानकार छौँ, बरालले भने विकास मावि लम्ब गरिने छैन र ग्रामीण पूर्वाधार निर्माण माजोड दिइनेछ ।’ यस क्षेत्रका बाटा घाटा र नालाहरूलाई व्यवस्थित गर्ने, सडकहरूको स्तरोन्नति गर्ने, कृषि आधुनिकी करण सहितमल, बिउ र प्रविधिको सहज उपलब्धता, पशुपालनलाई व्यवस्थित गर्ने, कृषि पर्यटनको विकास गर्ने, सहर पसेकाहरूलाई गाउँ फर्कने वातावरण निर्माण गर्ने, प्रसूती र बाल अस्पताल निर्माण स्पष्ट योजनाहरू आफूहरूसँग रहेको उम्मेदवार बरालले बताए ।
उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिने समेत बताए । विकासको नयाँमोडेल लागु गर्दै उदाहरणीय कार्य गर्ने उनले प्रतिबद्धता पनि जाहेर गरे । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका बराल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।