• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

संसद हुँदा काठमाण्डौँ र अघि पछि जनतासँगै हुन्छु बराल


  •    अभियान हाम्रो संवाददाता/ शनिबार, कार्तिक १९, २०७९  

  • पोखरा, कार्तिक

    पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ काप्रतिनिधि सभा सदस्यपदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, ‘हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरु योजना, कृषिपर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।’आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए ।

    पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ माविद्यमानतमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । ‘यस क्षेत्रमा खानेपानीको समस्या अझै विकराल छ, त्यसैगरि हामीले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न चाहन्छौ, किसानहरूलाई धनीबनाउँदै कृषिमाआधुनिकीकरणगर्ने हाम्रो लक्ष्य छ, यस क्षेत्रका बाटा घाटाहरुलाई व्यवस्थित गर्ने र महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र सुकुम्बासीहरुलाई भूमिको मालिक शाजनताको बीचमा रहेर कामगर्ने जनप्रतिनिधि बन्न चाहेको उनले बताए । ‘निर्वाचित जनप्रतिनिधि हुँदा र नहुँदामा मेरो व्यवहारमा कुनै फरक हुने छैन ।

    म काठमाण्डौ बसेर चुनावका मुखमा मात्र देखिने जनप्रतिनिधि बन्न चाहन्न, उनले भने, म मिटिङ हुँदा काठमाण्डौ भेटिने र अघि पछि पाँईहरु कै गाउँ टोलमा देखिने प्रतिनिधि बन्न चाहन्छु, म राम्रोसँग काम गर्ने छु, यहाँको सेवकभएर कामगर्नेछु, यहाँको वारेस भएर कामगर्नेछु । म यहाँहरूको मतको सम्मान गर्नेछ र त्यसलाई खेर जानदिनेछैन ।’उनले फरक राजनीतिक आस्थाको समेत आफूले सम्मानगर्ने उनले बताए ।

    विकासका सवालमा समयको गति र स्थानीय आवश्यकतालाई पछ्याउने उम्मेदवार बरालले बताए । ‘समयको गतिलाई हामी बुझ्छौँ, समय परिवर्तनशील छ । हामी युवाहरूको चाहानालाई नजिकबाट बुझेका छौँ, महिलाहरुको चाहाना के छन भन्नेमा पनि हामी जानकार छौँ, बरालले भने विकास मावि लम्ब गरिने छैन र ग्रामीण पूर्वाधार निर्माण माजोड दिइनेछ ।’ यस क्षेत्रका बाटा घाटा र नालाहरूलाई व्यवस्थित गर्ने, सडकहरूको स्तरोन्नति गर्ने, कृषि आधुनिकी करण सहितमल, बिउ र प्रविधिको सहज उपलब्धता, पशुपालनलाई व्यवस्थित गर्ने, कृषि पर्यटनको विकास गर्ने, सहर पसेकाहरूलाई गाउँ फर्कने वातावरण निर्माण गर्ने, प्रसूती र बाल अस्पताल निर्माण स्पष्ट योजनाहरू आफूहरूसँग रहेको उम्मेदवार बरालले बताए ।

    उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिने समेत बताए । विकासको नयाँमोडेल लागु गर्दै उदाहरणीय कार्य गर्ने उनले प्रतिबद्धता पनि जाहेर गरे । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका बराल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.