• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी जवानसहित दुई जना पक्राउ बालिका अपहरणको आरोपमा

"प्रहरी जवानसहित दुई जना पक्राउ बालिका अपहरणको आरोपमा "

  •    संवाददाता / शुक्रबार, भदौ ०३, २०७९  

  • बागलुङ :        धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई  प्रहरीले नियन्त्रणमा लिएको हो।

    बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बुवा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिकालाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए। स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए। दुबै जना मदिराले लठ्एिका थिए। उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए।

    अपहरण आरोपमा प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन्। उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन्। स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन्।

    प्रहरीले ति दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयहरुको ठूलो संख्या त्यहाँ उपस्थित भएका थिए। उनीहरुले दुबै जनालाई कडा कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा पुगेकी एक महिलालाई त्यहाँका अर्का एक मदिरा सेवन गरेका जवानले अभद्र व्यवहार गरेका थिए। उनले महिलालाई अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एक छिन् तनाब सिर्जना भएको थियो।

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपहरण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.