अभियान खबर
अल्चना श्रेष्ठ पोखरा
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी राख्ने गर्छन ।
तर बारा जिल्ला सिमाराका राजु श्रेष्ठ यसरी आफ्नो फेसबुक स्टाटस हालेर आमाको सम्मान गर्नु हुन्छ ‘” आमा ,माफ गर्नू होला मैले आज फेसबुकमा हजुरको फोटो टाँसेर आडमा लभ यू आमा /मिस यू आमा लेख्न सकिन , अहिलेको जमाना अनुसार चल्न जानिन। ३६५ दिनमा १ दिन मात्रै म आमा लाई सम्झन चाहिन, १ दिन मिठो ख्वाएर ३६४ दिन खाए खाऊन नखाए नखाऊन भन्न सकिन । आज एक दिन देखाउन फेसबुक मा फोटो नराख्दैमा के भो र मनमा पुजेर राखेको छु
एक दिन केक बोकेर आउन नसकेर के भो र दैनिक दाल चामलको समस्या पर्न दिने छैन ।आमा को मुख हेर्ने दिनको सबै आमा लाई मेरो शुभ-कामना !
राजु श्रेष्ठ फेसबुक बाट साभार