पोखरा ।
अभियान खबर
अल्चना श्रेष्ठ
पुर्बी नेपाल खासगरी रामेछाप देखि शुरु हुने पुर्वान्चलका विभिन्न जिल्लाहरुबाट पोखरा तथा गण्डकी प्रदेशमा स्थायी/अस्थायी रूपमा बसोबास गर्ने ब्यक्तिहरुको नवगठित संस्था पुर्वेली एकता समाज गण्डकी प्रदेशले नव बर्ष २O७९ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रोको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
उच्च अदालत पोखराको श्रीमान न्यायाधीश ऋषि राजभण्डारीको प्रमुख आतिथ्यता, मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालको विशेष आतिथ्यता, तथा विभिन्न संघ सस्थाको अध्यक्षअध् हरु अथितिको रुप मा उपस्थितिमा भित्तेपात्रोको बिमोचन गरिएको हो।
उक्त्त कार्यक्रममा आफ्नो भनाइ प्रस्तुत गर्दै प्रमुख अतिथि राजभण्डारीले एकतानै बल भएको र यस्ता कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउने बिश्वास व्यक्त गर्नुभयो। उहाले आफ्नो गाउ छोडेर पोखरामा बिभिन्न पेशा व्यवसायी पुर्बेली समाज लाइ केहि अफ्ट्यारो पर्यो भने कानुनले दिय सम्मन सहयोग गर्ने बताउनु भयो
सृजनाचोकस्थित व्हाइट हाउस पार्टी प्यालेसमा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष अग्निधर खनाल समाजका अध्यक्ष गुणराज बास्तोला, ले गर्नु भयको थियो भने कार्यक्रमको संचालन सचिव मंगल लिम्बूले गर्नुभएको थियो।