अभियान खबर
बैशाख ,३
निर्वाचन आयुक्त सगुनशमशेर जबराले निर्वाचन आचारसंहिता कार्यान्वयन लागि आयोग गम्भिर रहेको बताएका छन् । उनले विगतभन्दा धेरै कुरामा सुधार गरेर आचारसंहिता कार्यान्वयन गर्ने काम भइरहेको समेत बताए । बुटवलमा शनिबार आयोजित स्थानीय तह निर्वाचनबारे मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अहिले मिडिया पनि जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए । पत्रकार एवं सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सिनाले निर्वाचनका बेला सञ्चारकर्मीहरू मित्थ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन् । नेपाल पत्रकार महासंघकी महासचिव सृजना अर्यालले मिडिया आचार संहिताबाट चुक्न नहुने बताइन् ।