पाेखरा ३३ कालिका मन्दिर विकास एवं व्यवथापन समितिको आयोजनामा चैतेदशैको आवसरमा कालिकापुजा कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी व्यक्तित्व श्री इन्द्रबहादुर पाैडेल क्षेत्रीले कालिका मन्दिर संरक्षणका लागि अक्षयकाे रकम १२,००,०००/- अक्षेररूपी बाह्र लाख रूपैया सहयोग गरेका छन ।
उक्त बाह्र लाख रूपैयाकाे चेक इन्द्रबहादुर पाैडेल क्षेत्रीले कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री कुल प्रसाद पाैडेललाई हस्तान्तरण गरेका थिए । उक्त अष्टमी पुजा कार्यक्रममा मन्दिर विकास एवं व्यवथापन समितिका सचिव श्री पदमराज पाैडेलले ठुलाे रकम मन्दिरलाई सहयाेग गर्ने इन्द्रबहादुर पाैडेल क्षेत्री धन्यवाद ज्ञापन सहित सम्पूर्ण भक्तजनहरुलाई अष्टमी पुजा कार्यक्रममा स्वागत गरेका थिए। कार्यक्रममा चैते दशै र नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान गरिएको थियो । त्यस्तै पाेखरा ३३मा रहेको महाकाली मन्दिरमा पनि आज नै अष्टमी पुजा बिशेष पंचबलि तथा प्रसाद ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा उल्लेखनिय भक्तजनहरुको सहभागिता रहेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री कुल प्रसाद पाैडेलले जानकारी दिए । उक्त कार्यक्रममा चन्द्रकोटे पाैडेल परिवारलाई दाेसल्ला र अबिरार्पण गरेर सम्मान गरीएकाे थियाे । सम्मानित व्यक्तित्व श्री इन्द्रबहादुर पाैडेलले कालिका मन्दिरकाे सम्रक्षण गर्नु पर्ने कुरामा जाेड दिएका थिए भने कार्यक्रम मन्दिरका पुजारी सुर्यमाेहन अाचार्यले सञ्चालन गरेका थिए ।