नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड मंगलबार हुने भएको छ । कम्पनीका अनुसार आइतबार ‘प्रि अलटमेन्ट’ र मंगलबार सेयर बाँडफाँड हुने भएको हो ।
कम्पनीका प्रवन्ध निर्देशक विश्वप्रकाश प्रसाई ठकुरीले आइतबार प्रि अलटमेन्ट सकेर सोमबार बाँकी सक्ने र मंगलबार आईपीओ बाँडफाँड हुनेछ ।
कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।
कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।
७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन् ।