• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राजपुर बमकाण्डमा कांग्रेस नेता अफताब आलमसहित चार जनालाई उच्च अदालतबाट सफाइ


  •    संवाददाता/ बुधबार, जेठ १५, २०८२  

  • उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई राजपुर बमकाण्डसम्बन्धी अभियोगमा सफाइ दिएको छ।

    बुधवार न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलम र अन्य तीन जनालाई सफाइ दिएको हो।

    रजिस्ट्रार दीपक भण्डारीका अनुसार, ‘वारदात पुष्टि हुन नसकेकाले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले उनीहरूलाई सफाइ दिएको हो।’ सफाइ पाउनेमा अफताब आलमका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भनिने शेख सराज र बद्री सहनी छन्।

    उनीहरूमाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो साँझ बम विस्फोट भएको घटनापछि ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थको प्रयोग तथा कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाइएको थियो।

    अनुसन्धानका क्रममा विस्फोटमा घाइते र मृतकहरूलाई अफताब आलमको निर्देशनमा ट्रयाक्टरमा राखेर इँटाभट्टामा जलाइएको आरोप लागेको थियो। जिल्ला अदालत रौतहटले आलमसहितलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

    हाल अफताब आलम नख्खु कारागारमा रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.