पोखरा
मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।
कास्की प्रहरीका अनुसार छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको र उक्त बसमा २२ जना विद्यार्थी सहित चालक र सह- चालक गरि २४ जना सवार थिए ।
प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । थुन्कु भनिने ठाउँको घुम्तीबाट खसेको बस तल सडकमा पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुनबाट जोगिएको छ । उक्त बसको सह- चालक (महिला) को भने मृत्यु भएको जानकारी आएको छ ।सो बसमा सवार विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।







